२०८३ साउन २१ गते बिहीबार

ड्यामसाइडमा भोलि तिहार विशेष साँस्कृतिक साँझ

ड्यामसाइडमा भोलि तिहार विशेष साँस्कृतिक साँझ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ५ गते शनिबार ०८:२८

साँझ ४ वजेदेखी ९ वजेसम्म हुने साँस्कृतिक साँझमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा आफुलाई स्थापित गर्न सफल कर्णदास, हास्य विधाका चिरपरिचित कलाकार सुमन कार्की, लोक नृत्य कलाकारहरुको वेजोड प्रस्तुती रहने वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद वरालले बताए ।

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ मा रहेको ड्याम साईड क्लबले नेपालीहरुको दोश्रो ठुलो चाड तिहारको अवसरमा भोलि आइतबार ड्यामसाइडमा तिहार विशेष साँस्कृतिक साँझ गर्ने भएको छ ।

खेलकुद, वातावरण, पर्यटनका क्षेत्रमा सक्रिय क्लबले संस्कृतीको जगेर्ना गरौं, पर्यटन प्रवद्र्धनमा टेवा पु¥याऔं भन्ने मुल मन्त्रका साथ छैटौं संस्करणको सांस्कृतिक साँझ गर्न लागिएको कार्यक्रम संयोजक पदम बहादुर ढकालले वताए । साँझ ४ वजेदेखी ९ वजेसम्म हुने साँस्कृतिक साँझमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा आफुलाई स्थापित गर्न सफल कर्णदास, हास्य विधाका चिरपरिचित कलाकार सुमन कार्की, कलाकार सौगात गुरुङ, ब्लु डायमण्ड सोसाइटी तथा लोक नृत्य कलाकार संघका कलाकारहरुको वेजोड प्रस्तुती रहने वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद वरालले बताए ।

साँस्कृतिक साँझको अवसरमा यस वर्ष नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष वरिष्ठ पत्रकार दीपेन्द्र श्रेष्ठलाई सम्मान गर्ने जानकारी प्रतिभा छनौट समितिका संयोजक केशवराज वरालले बताए। पत्रकार श्रेष्ठलाई १५ हजार पाँच सय ५५ नगर सहित सम्मान गरिने भएको हो । पाँचौं संस्करणको साँस्कृतिक साँझमा पर्यटन विज्ञ हरिध्वज तुलाचनलाई सम्मान गरिएको वरालले बताए ।

अघिल्ला साँस्कृतिक साँझहरुमा संकलन भएको रकमबाट क्लबले विभिन्न विद्यालयमा अध्ययनरत आर्थिक स्थिति कमजोर भएका खेलाडीहरु निशुल्क प्रशिक्षण दिइ रहेको कोषाध्यक्ष सफल थापाले वताए । २०५९ सालमा विधिवत रुपमा स्थापित भइ फुटबललाई केन्द्रमा राखेर अगाडि वढेको क्लबले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडि उत्पादन गरी क्लबलाई चिरपरिचित बनाउन सफल भएको महासचिव राकेस श्रेष्ठले वताए ।

प्रकाशित मिति २०७९ कात्तिक ५ गते शनिबार ०८:२८
हजुरको प्रतिक्रिया