तेस्रो संस्करणको मिस सुनार २०२२ को ताज सिसम रामदामले जितेकी छिन् । शनिबार बेलुका सम्पन्न ग्राण्ड फिनालेमा १५ प्रतिष्पर्धीलाई पछी पार्दै उनले ताज जितेकी हुन् ।
मिस सुनारको ताजसँगै रामदामले स्कुटर सहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन् । यसैगरि संगिता सुनार फस्ट रनरअप घोषित हुदै ताजसहित नगद रु ५० हजार हात पारिन् भने सेकेण्ड रनरअफ स्वेता सुनारले बनिन् । उनले क्राउन र नगद २५ हजार पुरस्कार प्राप्त गरिन् । पुजा विश्वकर्मा भ्युवर्स च्वाइसको उपाधिबाट पुरस्कृत भइन् ।
प्रतिक इन्भेन्ट्सले आयोजना गरेको मिस सुनारको ग्राण्ड फिनालेमा १६ जना प्रतिस्पर्धी छनोट भएका थिए । इभेन्ट्सका प्रतिक सुनारले विजेता तथा उपविजेताहरुलाई विभिन्न म्युजिक भिडियोहरुमा अभिनय गर्ने मौका प्रदान गरिने बताए ।
उनका अनुसार पोखरा ९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सम्पन्न मिस सुनार २०२२ को निर्णायकमा युवा व्यवसायी तथा चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनार, मोडल कविता न्यौपाने, संञ्चारकर्मी उत्सव रसाइली, फेसन डिजाइनर अमित बराल र बुगिवुगीका विजेता कविता नेपाली रहेका थिए ।
प्रकाशित मिति २०७९ कात्तिक ६ गते आइतबार १०:०२




