२०८३ साउन २१ गते बिहीबार

कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा

कोरोनाको नयाँ सव–भेरियन्ट नेपालमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ७ गते सोमबार ०८:२८

नेपालमा पहिलो पटक एक्सबीबीका संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पोखरा – नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोनको सव–भेरियन्ट (एक्सबीबी) भेटिएको छ ।

नेपालमा पहिलो पटक एक्सबीबीका संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विभिन्न देशमा फैलिरहेको यो भेरियन्ट यस अघिका भेरियन्ट भन्दा धेरै संक्रामक रहेको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले गएको साउन २१ देखि असोज १४ गतेसम्म कोरोना लागेका विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमूनाको जिनोमिक पहिचान गरेको थियो । यही क्रममा एक्सबीबी सव–भेरियन्ट पहिचान भएको मन्त्रालयले जनाएको छ ।  

प्रकाशित मिति २०७९ कात्तिक ७ गते सोमबार ०८:२८
हजुरको प्रतिक्रिया