२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेशकै सांसदमा पनि कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशकै सांसदमा पनि कोरोना संक्रमण पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ १८ गते बिहीबार ०५:०७

पोखरा । गण्डकी प्रदेशसभा सदस्य (प्रदेश सांसद) मोहन रेग्मीलाई कोरोना संक्रमण भएको छ । विधायन समितिका सभापतिसमेत रहेका रेग्मीले चार दिनअघि स्वाब दिएका थिए । बुधबार उनको रिपोर्ट पोजेटिभ आएको हो । यसअघि उनले सामाजिक विकासमन्‍त्री...

पोखरा । गण्डकी प्रदेशसभा सदस्य (प्रदेश सांसद) मोहन रेग्मीलाई कोरोना संक्रमण भएको छ ।

विधायन समितिका सभापतिसमेत रहेका रेग्मीले चार दिनअघि स्वाब दिएका थिए । बुधबार उनको रिपोर्ट पोजेटिभ आएको हो । यसअघि उनले सामाजिक विकासमन्‍त्री नरदेवी पुनमगरलाई भेटेका थिए ।

“कन्ट्याक्ट ट्रेसिङमा थिएँ, स्वाब दिएँ, पोजेटिभ आएछ, मेरो स्वास्थ्य अवस्था ठीक छ,” उनले भने । उनी अहिले पोखरामै होम आइसोलेसनमा छन् ।

प्रकाशित मिति २०७७ भदौ १८ गते बिहीबार ०५:०७
हजुरको प्रतिक्रिया