पत्रकार महासंघमा शव यात्रा लागि राखिने तयारी
पोखरा
जहाज दुर्घटनामा ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको शव परिवारले बुझेको छ। अहिले उनको शवलाई घरमा लगिएको छ । केही बेरमा पत्रकार महासंघ, कास्कीमा राखेर शवयात्रा गरिने जानकारी महासंघ कास्की अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् ।
काठमाडौं पुगेर पोखरा घर फर्कने क्रममा ३७ वर्षीय पौडेलको दुर्घटनामा परेर मृत्यु भएको हो । हटलाइन दैनिकका सम्पादक उनी प्रेस सेन्टरको बैठकमा सहभागि हुन काठमाडौं गएका थिए ।
प्रेस सेन्टर नेपालका उपाध्यक्ष रहेका पौडेल कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा प्रेस संयोजक थिए । पौडेलले पोखरा फर्कनु अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने कार्यक्रम भएपनि प्रधानमन्त्री योग दिवसको कार्यक्रममा व्यस्त भएपछि नभेटि फर्किएको बताईएको छ ।
पोखराको फुलबारी बस्दै आएका पौडेलको आमा, श्रीमति र एक छोरा छन् । पौडेल पोखराका स्थापित पत्रकार हुन् । उनको निधनले सिंगो पोखरेली पत्रकारिता स्तब्ध भएको छ । उनको अन्त्येष्टी आजै शान्तिघाट पोखरामा गरिदैँछ ।
प्रकाशित मिति २०७९ माघ ३ गते मंगलबार १०:३३




