२०८३ साउन २१ गते बिहीबार

मौसम : गण्डकीका उच्च पहाडी भेगमा हिमपातको सम्भावना

मौसम : गण्डकीका उच्च पहाडी भेगमा हिमपातको सम्भावना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ ९ गते सोमबार ०९:५०

मंगलबार र बुधबार पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भूभागमा हल्का वर्षाको सम्भावना छ ।

पोखरा

गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागमा हिमपातको सम्भावना देखिएको छ । पश्चिमी निम्न चापीय प्रणालीको असरले गण्डकी प्रदेशसहित सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार आज साँझबाट नेपालको पश्चिमी क्षेत्रमा वर्षा हुनेछ । देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली आज साँझ नेपाल प्रवेश गर्ने महाशाखाले जानकारी दिएको छ ।सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

मंगलबार र बुधबार पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भूभागमा हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति २०७९ माघ ९ गते सोमबार ०९:५०
हजुरको प्रतिक्रिया