२०८३ साउन २१ गते बिहीबार

दमौली–आबुखैरेनी सडक खण्ड आजदेखि दैनिक चार घण्टा बन्द

दमौली–आबुखैरेनी सडक खण्ड आजदेखि दैनिक चार घण्टा बन्द

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन २८ गते आइतबार ०८:३०

आजदेखि आउँदो चैत १२ गतेसम्म १५ दिन राति १२ बजेदेखि बिहान ४ बजेसम्म दैनिक चार घण्टा सडक बन्द गरी काम गर्ने निर्णय

पोखरा

पृथ्वी राजमार्गको दमौली-आबुखैरेनी सडक खण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ।

आजदेखि आउँदो चैत १२ गतेसम्म १५ दिन राति १२ बजेदेखि बिहान ४ बजेसम्म दैनिक चार घण्टा सडक बन्द गरी काम गर्ने निर्णय भएअनुसार सडक बन्द गरी काम थालिएको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए ।

सडक बन्द हुँदा अत्यावश्यक गाडीबाहेक अरुलाई पूर्णरुपमा बन्द गरी सुरक्षित तरिकाले काम गर्ने व्यवस्था मिलाएको पनि उनले बताए । पुथ्वी राजमार्गको आँबुखैरेनी पोखरा सडक खण्डलाई दुई खण्डमा विभाजन गरेर ४ लेनको काम अगाडि बढेको छ ।

निकै सुस्त गतिमा भएको काम अहिले सडकको भित्तो काट्ने, रिटेन्सन पर्खाल लगाउने, नाली, पुल र डाइभर्सन बनाउने काम भइरहेको छ । यसअगाडी पनि फागुन १८ गतेदेखि १० दिनसम्म दैनिक ४ घण्टा सडक बन्द गरिएको थियो ।

प्रकाशित मिति २०७९ फागुन २८ गते आइतबार ०८:३०
हजुरको प्रतिक्रिया