पोखरा
गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा बुधबार सामान्य मौसम बदली रहनेछ ।
देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागहरूमा आंशिक बदली र तराई भेगमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
बुधबार दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिक मौसम बदली रहनेछ । गण्डकी प्रदेशका पहाडी भू–भागका तथा कोशी प्रदेश लगायत बागमती प्रदेशका स्थानहरुमा अपरान्हतिर मेघ गर्जन-चट्याङसहित क्षणिक-हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै बुधबार राति देशको पहाडी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने विभागले बताएको छ । ।
प्रकाशित मिति २०७९ चैत १ गते बुधबार ०८:१६