पोखरा
आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिन लागेको हो । आज अपराह्न ४ बजे बोलाइएको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन् ।
सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि राष्ट्राध्यक्षमार्फत् नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ । सरकारले आज पेस गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभा र राष्ट्रिय सभामा आइतबारदेखि लगातार केही दिन छलफल हुनेछ । यो छलफल सकिएपछि जेठ १५ गते वार्षिक बजेट प्रस्तुत हुनेछ । आर्थिक संकट कारण यो वर्षको बजेट अघिल्लो वर्षको तुलनामा खुम्चिने देखिएको छ ।
प्रकाशित मिति २०८० जेठ ५ गते शुक्रबार ०८:२७