के फाइनलमा माैका छ ?
पोखरा । नेपाली राष्टिय टाेलीका भरपर्दा स्पीनर सन्दिप लामिछानेले क्यारेवियन प्रिमियर लिग सिपिएलमा राम्राे प्रदर्शन गरेका कारण यसपटक दिल्लीकाे शुरूवाती ११ मा स्थान बनाउने धेरैले अपेक्षा गरेका थिए । तर, दिल्लीले मिश्रित प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गर्दासम्म सन्दिपले कुनै पनि खेलमा माैका पाएनन् । सन्दिप आफैमा कमजाेर बलर भएका कारण उनि पुरै सिजन बेञ्चमा बस्नुपरेको भने होइन् । सन्दिपलाई पुरै सिजन बेञ्चमा राख्नुका केही कारणहरु छन जसको यहाँ हामी चर्चा गर्दैछाै ।
१ दिल्लीमा आबद्द भारतीय पेस बलरहरू घाइते हुनु वा केहि पेसर चल्न नसक्नु सन्दिपका लागि घातक बन्यो । भारतीय पेस बलर इशान्त शर्मा घाइते हुनु, माेहित शर्मा लगायतका बलर खासै नचल्नुजस्ता कारण दिल्ली अनिबार्य रूपमा २ बिदेशी बलरमा जानुपर्याे । कागिसाे रबाडा र एनरिक नाेर्खिया उसका लागि निर्विकल्प बलर भएपछि २ विदेशी खेलाडीकाे काेटा त्यसैमा समाप्त भयाे । एक खेलमा ४ जना मात्र विदेशी खेलाडी खेलाउन पाउने भएकाले २ जना बलर बिदेशी खेलाडीबाट लिनुपर्ने बाध्यताले दिल्ली थप बिदेशी बलरमा जान सकेन र सन्दिपले सिजन बेञ्चमै बिताउनुपर्यो ।

२ यो सिजन दिल्ली फाइनल खेल्ने लक्ष्यसहितको तयारीमा थियो । जसका लागि उसले साेहि अनुसारको टोली तयार गरेकाे थियो । दिल्लीको बेञ्चमा अनुभवी र यूवा प्रतिभाहरुको लाइन छ । दिल्लीसंग पर्याप्त सिमर तथा स्पीनर छन । दिल्लीसंग भएका अनुभवी स्पीनर रविचन्द्रन अश्विन, अमित मिश्रा, मध्यक्रममा ब्याटिङसमेत गर्न सक्ने अक्षर पटेलजस्ता भारतीय स्पीनर छन । उनीहरुपनि सन्दिप बेञ्चमा बस्नुपर्ने कारण बने । मिश्रा घाइते हुँदापनि दिल्लीले बाँकि रहेकाे १ विदेशी काेटामा आफ्नाे ब्याटिङ बलियाे बनाउन कहिले शिमरन हेटमायर राेज्याे त कहिले बलिङ्मा डेनियल साम्सको प्रयोग गर्यो । ३ जना स्पीनर प्रयाेग हुँदापनि दिल्ली बरू प्रविण दुवेमा गयाे तर सन्दिपलाई बेञ्चमै राख्यो ।
३ सन्दिप बेञ्चमा बस्नुपर्ने खास कारण दिल्ली टोलीको सन्तुलन हो । टोली सन्तुलित हुँदा मनोबल समेत उच्च हुने हुँदा दिल्लीले प्रतियोगिताभर यसैको खोजि गरिरह्यो । सन्तुलनका लागि २ विदेशी बलर अनिवार्यजस्तै भएपछि दिल्लीसंग रहेका अलराउण्डरमध्ये मार्काेस स्टाेइनिङ्स निर्विकल्प हुँदा दिल्लीका लागि १ जना मात्र विदेशी खेलाडीकाे ठाउँ खाली रह्याे । जुन ठाउँमा दिल्ली स्टोइनिङ्सको बलिङ पनि प्रभावकारी भएका कारण ब्याटिङ् बलियो बनाउन लाग्यो जहाँ शिमरन हेटमायर निर्विकल्प बने र सन्दिपलाइ बेञ्चमै बस्न बाध्य बनाए।
यसो त दिल्लीको यो सिजन थुप्रै खेलाडीले बेन्चबाटै घर फर्कने निश्चित छ भने कोहीले एकाध खेलमा मात्रै माैका पाए । दिल्लीको लागि आवेस खान, तुषार देशपाण्डे, किमो पउल, हर्षल पटेल, ललित यादव, एलेक्स क्यारी, ड्यानियल साम्स, प्रविण दुवे, माेहित शर्माजस्ता खेलाडीमध्ये कोही एकाध खेलमा अवसर पाए भने कसैको पुरै सिजन बेन्चमै सकियो ।

मुम्बईकाे ब्याटिङ अर्डर बलियाे छ । शुरूवातदेखि स्पीनर कुनाल पाण्ड्यासम्म मुम्बईकाे लागि राम्राे ब्याटिङ गर्न सक्छन । कायरन पाेलार्ड र हार्दिक पाण्ड्याजस्ता ब्याट्सम्यान उसका फिनिसर छन । याे सवै हेर्दा दिल्ली फाइनलमा समेत शिमरन हेटमायरमा जानेछ । हेटमायरले हैदराबाद बिरूद्द उत्कृष्ट ब्याटिङसमेत गरेका छन । यसर्थ, यी सवै सन्तुलन हेर्दा नेपाली युवा स्पीनर सन्दिपकाे आईपीएलकाे याे सिजन बेञ्चबाटै समाप्त हुने देखिन्छ ।
संसारकै चर्चित लिग आइपीएल बेञ्चबाटै सक्नुले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा देखाउने माैका त गुम्यो नै थप सन्दिपजस्ता बलरका लागि दिल्लीले नपत्याएको सन्देश समेत गयो । जसले गर्दा अरु लिगका लागि यस्ता खेलाडीको अक्सनमा यसले प्रभाव पार्न सक्छ । फाइनलमा सन्दिपको झिनो सम्भावना यद्यपी बाँकी नै छ । हेराै, जारी आइपीएलको यो सिजन सन्दिप पुरै बेञ्चबाटै सक्न बाध्य हुन्छन या फाइनलमा कमाल गर्न मैदान उत्रन्छन ।
प्रकाशित मिति २०७७ कात्तिक २५ गते मंगलबार ११:५५




