२०८३ मंसिर ९ गते मंगलबार

एसिया कप राइजिङ स्टार्स क्रिकेटमा नेपालले आज भारतसँग खेल्दै

एसिया कप राइजिङ स्टार्स क्रिकेटमा नेपालले आज भारतसँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ मंसिर ५ गते शुक्रबार १२:१६

नेपाली टोलीमा कप्तान सन्दीप र प्रतिशसँगै कुशल भुर्तेल, ललित राजवंशी, सन्दीप जोरा, पवन सर्राफ, लोकेश बम, देव खनाल, वसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, राशिद खान, ईशान पाण्डे, दीपक डुम्रे, अभिषेक गौतम र मयन यादव रहेका छन् ।

पोखरा ।

कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले भारत ‘ए’ को सामना गर्दैछ ।

समूह ‘बी’ अन्तर्गतको यो खेल दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

नेपाली टोली सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिदैँ छ भने भारत ए को कप्तान तिलक वर्मा छन् ।

नेपाल रहेको समूह ‘बी’ मा भारत ‘ए’ सँगै पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) जस्ता बलिया टोली छन् ।

नेपाली टोलीमा कप्तान सन्दीप र प्रतिशसँगै कुशल भुर्तेल, ललित राजवंशी, सन्दीप जोरा, पवन सर्राफ, लोकेश बम, देव खनाल, वसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, राशिद खान, ईशान पाण्डे, दीपक डुम्रे, अभिषेक गौतम र मयन यादव रहेका छन् ।

तिलक वर्माको कप्तानीमा मैदान उत्रने भारत ‘ए’ मा सिनियर अन्तर्राष्ट्रिय क्रिकेट र इन्डियन प्रिमियर लिग (आईपीएल) मा अनुभव बटुलेका खेलाडीको बाहुल्यता छ ।

समूह चरणमा नेपालले भारत ‘ए’ पछि आइतबार यूएई र मंगलबार पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ ।

आठ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा अफगानिस्तान ‘ए’, बंगलादेश ‘ए’, श्रीलंका ‘ए’ र हङकङ छन् ।

सिंगल राउन्ड रोबिन लिगका आधारमा हुने समूह चरणका खेलपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताका सेमिफाइनल खेल मंसिर ११ र १२ गते तथा फाइनल खेल मंसिर १४ गते हुनेछ ।

 

 

प्रकाशित मिति २०८३ मंसिर ५ गते शुक्रबार १२:१६
हजुरको प्रतिक्रिया