२०८३ साउन २१ गते बिहीबार

सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी पक्राउ, पाेखरा ल्याइँदै

सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी पक्राउ, पाेखरा ल्याइँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस १३ गते शुक्रबार ०८:०३

सहकारीमा १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख हिनामिना गरेको उनीहरुलाई आरोप लागेको छ ।

पोखरा

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेका छन् । सिन्धुलीको खुरकोटमा हिजो पक्राउ परेका उनलाई पोखरा ल्याइँदै छ ।

उनलाई लिन कास्की प्रहरीको टोलीबीच बाटोसम्म गएको थियो । उक्त सहकारी ठगीको आरोपमा उनीसहित १९ जना विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । त्यसमध्ये सञ्चालक समिति कोषाध्यक्ष कुमार रम्तेल यस अघि नै पक्राउ परिसकेका छन्।

पूर्वअध्यक्ष गितेन्द्रबाबु राई(जिबी)सहित १७ जना अझै फरार रहेका छन् । सहकारीमा १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख हिनामिना गरेको उनीहरुलाई आरोप लागेको छ ।

 

प्रकाशित मिति २०८० पुस १३ गते शुक्रबार ०८:०३
हजुरको प्रतिक्रिया