पोखरा
बालकुमारी घटनामा ज्यान गुमाएका सुजन रावत र विरेन्द्र शाहको परिवारलाई पब्लिक फोर के टेलिभिजनले जनही ५० हजार सहयोग गरेको छ । टेलिभिजनका तर्फबाट अध्यक्ष सबिन भट्टले शनिबार मृतक सुजनका दाइ रणबहादुर राना र बिरेन्द्रकि दिदी सिर्जना सिंहलाई भक्तपुरमा भेटेर सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
टेलिभिजनले समस्यामा परेकाहरुलाई नियमित सहजिकरण र आर्थिक सहयोग गर्दै आएको छ । जाजरकोट भूकम्पमा समेत टेलिभिजनले तत्काल लाखौै बराबरको सामग्री र आर्थिक रकम सहयोग गरेको थियो ।
आर्थिक अभावले थोरै भएपनि परिवारलाई खुसि दिने र सुन्दर भविष्य निर्माण गर्ने भन्दै कोरियाको सपना देखेका राउत र शाहको मृत्यु भएपछि परिवारको आर्थिक अवस्था कमजोर भएको छ । मृतकका परिवारले गाउँमा कृषि गर्दै अर्मपर्म गरेर जीवन चलाइरहेका छन् ।
्सरकारको तप़र्mबाट राहतस्वरुप १०-१० लाख मात्र प्राप्त गरेको र अन्य सहयोग नपाएको उनीहरुले बताए । ज्यान गएको युवालाई सहिद घोषणा गर्ने र पिडित परिवारको एकरएक सदस्यलाई रोजगारी दिने भनिएपनि हालसम्म कार्यान्वयन नभएको सुजनका दाइ रणबहादुर रानाले जानकारी दिए ।
गत पुस १३ गते बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा युवाहरुले प्रर्दशन गरेका थिए । प्रहरीले बल प्रयोग गर्दा प्रर्दशनमा सहभागी अछाम चौरपाटी गाउँपालिका १ का २१ वर्षिय वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका-६ का २३ वर्षे सुजन राउतको मृत्यु भएको थियो ।
गत साउनमा कोरियाको रोजगार अनुमती प्रणाली (ईपीएस) अन्तर्गत पानीजहाज निर्माण गर्ने कामका लागि लिइएको भाषा परीक्षामा सामेल परीक्षार्थीले ‘उत्पादनमूलक’ अर्को रोजगारीमा जान भाषा परीक्षामा भाग लिन माग गरेका थिए । तर, ईपीएसको मापदण्डअनुसार तत्काल अर्को परीक्षामा भाग लिन नमिल्ने भनिएपछि युवाहरूले प्रदर्शन गरेका थिए ।





