२०८३ साउन २१ गते बिहीबार

यातायात कार्यालयमा मन्त्री मनाङेको अनुगमन, घन्टैपिच्छे हाजिर गर्न निर्देशन

यातायात कार्यालयमा मन्त्री मनाङेको अनुगमन, घन्टैपिच्छे हाजिर गर्न निर्देशन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ वैशाख १० गते सोमबार ०७:३९

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले यातायात व्यवस्था कार्यालय कास्कीको अनुगमन गरेका छन् ।

पोखरा
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले यातायात व्यवस्था कार्यालय कास्कीको अनुगमन गरेका छन् ।

सेवाग्राहीबाट गुनासो आएपछि मन्त्री मनाङेले यातायात कार्यालयको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मन्त्री मनाङेले कार्यालयबाट प्रदान गरिने सेवालाई छिटोछरितो बनाउन आग्रह गरे ।

उनले कार्यालयबाट प्रदान गरिने सेवालाई अनलाइनबाट पाउने व्यवस्था गर्न यातायात कार्यालयका निर्देशन दिए । यातायात व्यवस्था कार्यालय कास्की प्रमुख डिल्लीराम रिज्यालले केन्द्रीय हस्तक्षेपले प्रदेशमा अनलाइन सेवा दिन नसकेको गुनासो गरे ।

मन्त्री मनाङेले अनलाइन सेवा सुचारु गर्न आइपरेको समस्याका बारेमा केन्द्रमा समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले कर्मचारीको विषय धेरै सुझाव आएकाले त्यसलाई व्यवस्थापन गर्न हरेक घन्टा हाजिर गर्ने व्यवस्था सुरु गर्न लागिएको बताए ।

प्रकाशित मिति २०८१ वैशाख १० गते सोमबार ०७:३९
हजुरको प्रतिक्रिया