२०८३ साउन २१ गते बिहीबार

मुख्यमन्त्री पाण्डे भन्छन्ः उपधारा ५ मा जानुहुन्न बहुत रिस्की छ, चुनावमा जाने खतरा बढ्छ

मुख्यमन्त्री पाण्डे भन्छन्ः उपधारा ५ मा जानुहुन्न बहुत रिस्की छ, चुनावमा जाने खतरा बढ्छ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ १६ गते बुधबार ०८:४०

उनले अध्यादेशबाट नभइ संसदबाटै बजेट ल्याउने उल्लेख गरे ।

पोखरा

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मध्यावधि निर्वाचनमा धकेल्न नहुने बताएका छन् । सहमतिको आधारमा गण्डकी प्रदेशलाई अगाडि बढाउने उनको भनाइ छ ।

पाण्डे बुधबार नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका छन् । सपथपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले उपाधारा (३) अनुसार नै विश्वासको मत लिने सुनाए ।

‘नेपाली कांग्रेससँग २७ सिट छ हामीले पु¥याउनपर्छ ३१ । चार सिट हाम्रा लागि आवश्यक छ । गण्डकी प्रदेश सभामा रहेका सबै पार्टीका साथीहरुसँग हाम्रो विशेष अनुरोध पनि छ कि अहिले संविधानको धारा १६८ को (२) बमोजिम सरकार बन्न सक्ने अवस्था रहेन’, पाण्डेले भने, ‘जसको काराणले गर्दाखेरि १६८ को (३) अनुसारको सरकार बनिरहेको छ र त्यसको मुख्यमन्त्री म भइरहेको छु । अब यसमा पनि हामीले विश्वासको मत प्राप्त गर्न सकेनौं भने १६८ को (५) अनुसार जान्छ । त्यसमा पनि कसैले विश्वासको मत नपाए चुनावमा जान सक्ने सम्भावना रहन सक्छ ।’

उनले गण्डकीका सबै राजनीतिक दल मध्यावधिमा जानेबारेमा सचेत रहेको बताए । गण्डकी प्रदेश सभामा रहेका कुनै पार्टी मध्यावधि निर्वाचनमा जान नचाहेको बताए । मिलेर सरकार बनाउन सहयोग पाउने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री पाण्डेले उपधारा (५) मा नजानेसमेत जिकिर गरे । उपधारा (५) मा जादैन (३) मा नै यो कुरा टुंग्याउनुपर्छ । (५) मा गयो भने यो कुरा बहुत रिस्की हुन्छ’, उनी भन्छन्, ‘जो चुनावमा जाने खतरा बढ्छ । त्यसैले (३) मा नै टुंग्याउनुपर्छ । बरु सहमतिको आधारमा गण्डकी प्रदेशलाई कसरी अगाडि बढाउने भन्ने बारेमा राजनीतिक दलहरुबीचमा बृहत्तर संवाद र सहमति कार्यन्वयन गर्न सकिन्छ ।’

उनले अध्यादेशबाट नभइ संसदबाटै बजेट ल्याउने उल्लेख गरे । गतवर्षको पाठ सिकेर खर्च हुन नसक्ने बजेट नल्याउने विश्वास दिलाए । उनले भने, ‘गतवर्षबाट हामीले धेरै पाठ सिक्यौं । किन खर्च गर्न सकेनौं भन्ने कुरा पनि बुझेका छौं । त्यसैले विगतको जस्तो खर्च हुन नसक्ने किसिमबाट हाम्रो बजेट विनियोजन हुदैन ।’ समयमा नै खर्च हुने क्रम सुरु गर्ने उनको दाबी छ ।

प्रकाशित मिति २०८१ जेठ १६ गते बुधबार ०८:४०
हजुरको प्रतिक्रिया