२०८३ साउन २१ गते बिहीबार

प्रतिनिधि सभा स्थगित, विनियोजन विधेयकमाथिको छलफल मंगलबारदेखि

प्रतिनिधि सभा स्थगित, विनियोजन विधेयकमाथिको छलफल मंगलबारदेखि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ जेठ २७ गते आइतबार १२:०४

विनियोजन विधेयक २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययन गर्नुपर्ने भन्दै दलहरूले समय मागेका थिए ।

पोखरा

प्रतिनिधि सभाको आइतबारको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ । सभामुख देवराज घिमिरेले आइतबार बिहान बोलाएको मुख्य दलका प्रमुख सचेतकहरूको बैठकमा दलहरूले अध्ययनका लागि समय माग गरेपछि विनियोजन विधेयकमाथिको छलफल मंगलबारदेखि मात्रै प्रारम्भ हुने भएको हो ।

आइतबार बोलाइएको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची तोकिएको थियो । तर विनियोजन विधेयक २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययन गर्नुपर्ने भन्दै दलहरूले समय मागेका थिए ।

बैठकमा उपसभामुख इन्दिरा रानामगर, नेपाली कांग्रेसका सचेतक सुशिला थिङ, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही लगायत उपस्थित थिए ।

प्रकाशित मिति २०८१ जेठ २७ गते आइतबार १२:०४
हजुरको प्रतिक्रिया