२०८३ साउन २१ गते बिहीबार

सामाजिक रुपान्तरणमा स्काउटको भूमिका प्रशंसनियः मन्त्री थापा

सामाजिक रुपान्तरणमा स्काउटको भूमिका प्रशंसनियः मन्त्री थापा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार ८ गते शनिबार ०५:३३

विभिन्न तालिम र प्रशिक्षणका लागि भनेर प्रदेश सरकारबाट स्काउटका लागि १५ लाख रुपैैयाँ विनियोजन भएको जानकारी दिए ।

पोखरा

सामाजिक रुपान्तरणमा स्काउटको भूमिका प्रशंसनिय रहेको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले बताएका छन् ।

नेपाल स्काउटको ७३ औं स्थापना दिवसका अवसरमा प्रदेश स्काउट कार्यालय गण्डकी र प्रदेश मिलन स्काउट क्रियु पोखराले आयोजना गरेको दोस्रो एडभेन्चर फेस्ट—२०८१ को समापनमा मन्त्री थापाले बालबालिकाका लागि स्काउटले प्रदान गर्दै आएको शिक्षा उपयुक्त रहेको उल्लेख गरे ।

‘समाजमा नैतिक शिक्षाको अभाव हुँदै गएको समयमा स्काउटले बालबालिकालाई नैतिक शिक्षा प्रदान गर्नु सह्रानिय काम हो’, उनले भने । प्राकृतिक विपत्का समय स्काउटको भूमिका महत्वपूर्ण रहेको बताए ।

विभिन्न तालिम र प्रशिक्षणका लागि भनेर प्रदेश सरकारबाट स्काउटका लागि १५ लाख रुपैैयाँ विनियोजन भएको जानकारी दिए ।

स्काउट नेपालकी पूर्व अन्तर्राष्ट्रिय आयुक्त शारदा पराजुली, स्काउट लिडर माधव सिग्देल, प्रदेश स्काउट कार्यालय गण्डकीका अध्यक्ष सागर पौडेल लगायतले बोलेका थिए ।

असार ५ गतेदेखि सुरु भएको कार्यक्रमको समापन शनिबार भएको हो ।

कार्यक्रममा प्राकृतिक विपतका समय आफु र आफ्नो परिवारसहित समाजलाई कसरी सुरक्षित राख्ने विषयमा तालिम दिइएको थियो ।

गण्डकी प्रदेशका करिब ४ सय जना बालबालिकाको उक्त कार्यक्रम अवधिभर सहभागिता जनाए ।

प्रकाशित मिति २०८१ असार ८ गते शनिबार ०५:३३
हजुरको प्रतिक्रिया