२०८३ साउन २१ गते बिहीबार

बाग्लुङमा पहिरोमा परेर श्रीमतिको मृत्यु, श्रीमान वेपत्ता

बाग्लुङमा पहिरोमा परेर श्रीमतिको मृत्यु, श्रीमान वेपत्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार १५ गते शनिबार ०८:४९

गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा पहिरोमा पुरिएर ५० वर्षीय वसन्ती विकको मृत्यु भएको हो ।

पोखरा

बाग्लुङमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने अर्का एक वेपत्ता भएका छन् ।

बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा पहिरोमा पुरिएर ५० वर्षीय वसन्ती विकको मृत्यु भएको हो ।

उनका श्रीमान ५५ वर्षीय प्रेम विक वेपत्ता छन् । पहिरोले पुरिएर दुवै वेपत्ता थिए । प्रहरी र स्थानीयले खोजतलास गर्दा वसन्ती मृत भेटिएकी हुन् ।

मृत वसन्तीको घरसँगै गोठमा पूर्ण क्षति पुगेको छ । गोठमा रहेका एउटा भैसी र तीन बाख्रा मरेका छन् ।

यस्तै, छिमेकी गिरीप्रसाद बुढाथोकीको गोठ पुरिदा तीन भैसी र दुई बाख्रा मृत फेला परेका छन् ।

प्रकाशित मिति २०८१ असार १५ गते शनिबार ०८:४९
हजुरको प्रतिक्रिया