२०८३ साउन २१ गते बिहीबार

करिव ५५ यात्रुको अवस्था अझै अज्ञात, बेपत्ता बसको पर्दा भेटियो

करिव ५५ यात्रुको अवस्था अझै अज्ञात, बेपत्ता बसको पर्दा भेटियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असार २८ गते शुक्रबार ०७:४४

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाउँदा बेपत्ता भएका दुई बस अहिलेसम्म भेटिएका छैनन् भने करिव ५५ यात्रुको अवस्था अझै अज्ञात रहेकाे छ । १२ जना गोताखोरसहित ७० जना सशस्त्र प्रहरी र सैनिक...

खोज तथा उद्धार कार्य सनिबार बिहानैदेखि शुरू हुने

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाउँदा बेपत्ता भएका दुई बस अहिलेसम्म भेटिएका छैनन् भने करिव ५५ यात्रुको अवस्था अझै अज्ञात रहेकाे छ ।

१२ जना गोताखोरसहित ७० जना सशस्त्र प्रहरी र सैनिक गरी ७४ जना बस र बेपत्ता यात्रुको खोजीमा दिनभर परिचालन भएकाे भएपनि हालसम्म न त बस नै भेटिएकाे छ, न त बेपत्ता यात्रु नै भेटिन सकेका छन् ।

दिनभर अथक प्रयास गरेकाे गाेताखाेरकाे टाेलीले बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट बसमा लगाइएको पर्दा निकालेको छ । हुक लगाएर खोज्ने क्रममा बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको प्रहरीले जनाएको छ ।

उक्त पर्दा वीरगञ्जबाट काठमाडौ आउँदै गरेको गाडीको पर्दा भएको बसका मालिकले बताएका छन् ।

सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फजाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो ।

तीन यात्रु पौडी खेलेर किनारामा निस्किएका थिए । दुइटा बसमा कति यात्रु थिए अहिलेसम्म यकिन हुन सकेको छैन ।

प्रकाशित मिति २०८१ असार २८ गते शुक्रबार ०७:४४
हजुरको प्रतिक्रिया