२०८३ साउन २१ गते बिहीबार

तनहुँको घाँसीकुवामा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध

तनहुँको घाँसीकुवामा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ ५ गते बुधबार ०९:५९

तनहुँ । पृथ्वीराजमार्गकाे तनहुँ खण्ड अन्तर्गत घाँसीकुवामा पहिराे जादाँ सडक अवरुद्ध बनेकाे छ । साँझ ५ बजे पहिराे खसेकाे हाे । पहिराे ठुलाे भएकाले पन्छाउन अझै केही घण्टा लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएकाे...

पहिराे पन्छाउन समय लाग्ने

तनहुँ ।

पृथ्वीराजमार्गकाे तनहुँ खण्ड अन्तर्गत घाँसीकुवामा पहिराे जादाँ सडक अवरुद्ध बनेकाे छ ।

साँझ ५ बजे पहिराे खसेकाे हाे ।

पहिराे ठुलाे भएकाले पन्छाउन अझै केही घण्टा लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएकाे छ । साथै, पृथ्वीराजमार्गकाे अवरुद्ध घाँसिकुवा दमाैली खण्डकाे विकल्पमा घाँसीकुवाबाट रानीगाउँ हुँदै तालघरे – दमाैली जाेड्ने सहायक माेटरबाटाे प्रयाेग गर्न प्रहरीले अनुराेध गरेकाे छ ।

 

१ सय ५० मिटर माथिबाट सडकको ५० मिटर तलसम्म पहिरो खसेर पूर्ण रुपमा अवरुद्ध भएको र खुलाउनका लागि प्रहरी परिचालन भइसकेको प्रहरीले जनाएको छ ।

२ दिन देखि लगातार परेकाे झरीले तनहुँका ग्रामीण सडकहरू समेत प्रभावित बनेका छन् ।

प्रकाशित मिति २०८१ भदौ ५ गते बुधबार ०९:५९
हजुरको प्रतिक्रिया