पोखरा ।
पोखरामा बिमा रकम दाबी गर्न आफ्नै पसलमा आगो लगाउने २ जनालाई कारागार चलान गरिएको छ ।
पोखरा ६ नारेश्वरस्थित डाक्टर थानेश्वर पहारीको घर भाडामा लिई स्याङ्जा आधीँखोला गाउँपालिका–६ स्थायी घर भई हाल पोखरा १७ ड्यासाईड बस्दै आएका ३६ वर्षीय सुजन गहतराजले मुक्तिनाथ सपिङ सेन्टर सञ्चालन गर्दै आइरहेका थिए ।
तर गत साउन १६ गते दिउँसो १ः४५ को समयमा बीमा रकम दाबी गर्न आफ्नै पसलमा आगो लगाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालक सुजन गहतराज र स्याङ्जा पुतलीबजार नगरपालिका ७ स्थायी घर भई हाल पोखरा १७ बस्ने ४३ वर्षिय पवन नेपाललाई प्रकाउ गरेको थियो ।
आपराधिक उपद्रव मुद्दामा मुद्दा दर्ता गरि अनुसन्धान गरिएकोमा कास्की जिल्ला अदालतबाट शुक्रबार दुबै जनालाई पुर्पक्षको लागि कास्की कारागार चलान गरिएको डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
प्रकाशित मिति २०८१ भदौ १५ गते शनिबार ११:५१