पोखरा ।
हुलाक निर्देशनालय पोखराले आफ्नो मातहतका कार्यालयहरुको प्रगती समिक्षा तथा हुलाक कार्यदिशा विषयक गोष्ठी कार्यक्रम गरेको छ ।
निर्देशनालयले पोखरामा आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रगति समिक्षा र हुलाक विषयक गोष्ठी कार्यक्रम गरेको निर्देशनालयका निर्देशक कीर्तनराज पौडेलले जानकारी दिए । कार्यक्रममा निर्देशनालय मातहतका १५ जिल्ला र एक निर्देशनालयको प्रगती विवरण प्रस्तुत गरिएको थियो । यस्तै हुलाक सेवाको विषयमा समेत छलफल भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे थिए । भने विशिष्ट अथिति हुलाक सेवा विभागका निर्देशक धु्रवराज आचार्य थिए । कार्यक्रममा वार्षिक प्रगति समिक्षाका साथै सामूहिक प्रश्नोत्तर पनि गरिएको निर्देशक पौडेलले जानकारी दिए । कार्यक्रममा सहभागिले हुलाक सेवालाई प्रभावकारी बनाउन सरकारले चासो नदेखाएको आरोप लगाए ।
प्रकाशित मिति २०८१ भदौ १७ गते सोमबार १२:१६