२०८३ साउन २१ गते बिहीबार

पहिरोले म्याग्दीमा दुई घरमा क्षती, जिल्लाका ठूला सडक अवरुद्ध

पहिरोले म्याग्दीमा दुई घरमा क्षती, जिल्लाका ठूला सडक अवरुद्ध

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८१ भदौ २१ गते शुक्रबार ११:४२

पहिरोले स्थानीय लक्ष्मी खड्काका दुई वटा घर पुरिएका छन् भने वैकल्पिक बाटो पनि अवरुद्ध भएको पखेरबाट स्थानीयवासी नरबहादुर थापामगरले जानकारी दिए ।

म्याग्दी ।

अविरल वर्षाका कारण म्याग्दीको मंगला गाउँपालिका–३,पखेरमा माथिबाट खसेको पहिरोले दुई घर पुरिएका छन् ।

पहिरोले स्थानीय लक्ष्मी खड्काका दुई वटा घर पुरिएका छन् भने वैकल्पिक बाटो पनि अवरुद्ध भएको पखेरबाट स्थानीयवासी नरबहादुर थापामगरले जानकारी दिए ।

पहिरोले दुई घरमा क्षति गरे पनि बिहीबार लक्ष्मी र उनका छोरा अरुको घरमा पाहुना गएकाले कुनै मानवीय क्षति हुन बपाए ।

तातोपानी चौकीबाट पुगेको प्रहरीको टोली र स्थानीयवासीले पहिरो पन्छाएर घरका सामान सुरक्षित ठाउँमा सार्ने काम भइरहेको छ । पहिरोस्थलमा गाउँपालिकाकी उपाध्यक्ष प्रेमकुमारी क्षत्री सहितको टोली पुगेको छ ।

सडक अवरुद्ध भएपछि यात्रुहरु र सिमलचौर, सिमलगायतका ठाउँबाट तातोपानी अध्ययनका लागि आउने विद्यार्थी र पश्चिम म्याग्दीका विभिन्न ठाउँमा जाने यात्रुलाई समस्या हुने गरेको छ ।

यसैबीच वर्षाका कारण पहिरो खस्दा म्याग्दीको सदरमुकाम बेनीदेखि पश्चिम म्याग्दीका तीन गाउँपालिका र बागुलङका विभिन्न गाउँ जोड्ने बेनी–दरबाङ सडक आज बिहानैदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ ।

मंगला गाउँपालिका–२ र बेनी नगरपालिका–४ को सीमानामा पर्ने फापरखेतको घुमाउने भिरमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ भने अन्य ठाउँमा पनि निकै जोखिम छ ।

    

 

प्रकाशित मिति २०८१ भदौ २१ गते शुक्रबार ११:४२
हजुरको प्रतिक्रिया