२०८३ साउन २१ गते बिहीबार

कास्कीमा तीन महिने लागुऔषधविरुद्ध अभियान सञ्चालन हुने

कास्कीमा तीन महिने लागुऔषधविरुद्ध अभियान सञ्चालन हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ भदौ २५ गते मंगलबार ०७:२८

पोखरा जिल्ला प्रसाशन कार्यालय कास्कीले तीन महिने लागुऔषधविरुद्ध अभियान चलाउने भएको छ । कार्यालयले सरोकारवालासंग छलफल कार्यक्रम आयोजना गरेर अभियान चलाउने जानकारी गराएको हो । अभियान अन्र्तगत विद्यालय, क्याम्पस, युवाक्ल्वमा...

पोखरा
जिल्ला प्रसाशन कार्यालय कास्कीले तीन महिने लागुऔषधविरुद्ध अभियान चलाउने भएको छ ।

कार्यालयले सरोकारवालासंग छलफल कार्यक्रम आयोजना गरेर अभियान चलाउने जानकारी गराएको हो । अभियान अन्र्तगत विद्यालय, क्याम्पस, युवाक्ल्वमा युवा लक्षित सचेतना कार्यक्रम संचालन गर्ने, लागुऔषध कारोवार र प्रयोगको सम्भाव्य स्थान क्षेत्र तथा सीमा नाकामा निरिक्षण गरिने छ ।

गाजा अफिमको प्राकृतिक उत्पादन तथा त्यस्ता बस्तुको अवैध खेती हुने स्थानहरुको पहिचान गरि त्यस्तो खेती फडानी गरिने छ जिल्ला प्रसाशन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।
सुरक्षा निकाय, प्रदेश र स्थानिय तहसंगको समन्वय र सहकार्यमा सबै सथनिय तहमा लागूऔषध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम संचालन, उपचार तथा पुनस्थापना केन्द्रहरुको अनुगमन र निरीक्षण, लागुऔषध नियन्त्रणसम्बन्धी सञ्चारकर्मी र सरोकारवालासहितको सवालजवाफ कार्यक्रम गरिने छ ।

अभियानको कार्यक्रम सार्वजनिक कर्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखरा नेपालमा दोस्रो धेरै लागुपदार्थ प्रयोगकर्ता भएको जिल्लाको रुपमा रहेकाले अभियान संचालन गर्नुपरेको बताए ।
कार्यक्रममा सहभागि सरोकारवाला निकायका प्रतिनिधिले विद्यालय र डिस्को वारहरुमा चासो दिन सुझाव दिए । नागरिक समाजका अगुवा रामबहादुर पौडेलले पोखराको लेकसाइडमा रहेको डिस्को रात्रिकालीन व्यवसायमा जाने युवायुवतीहरु लागूपदार्थको दलदलमा फसेको बताए ।

प्रकाशित मिति २०८१ भदौ २५ गते मंगलबार ०७:२८

हजुरको प्रतिक्रिया