२०८३ साउन २१ गते बिहीबार

कास्कीको रुपा गाउँपालिकामा बजार अनुगमन

कास्कीको रुपा गाउँपालिकामा बजार अनुगमन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ असोज १४ गते सोमबार ०७:४२

बडादसैं सुरु हुन लाग्दा कास्कीको रुपा गाउँपालिकाले बजार अनुगमन गरेको छ ।

पोखरा ।

बडादसैं सुरु हुन लाग्दा कास्कीको रुपा गाउँपालिकाले बजार अनुगमन गरेको छ ।

चार्डपर्वको बेला मिति गुज्रिएका र गुणस्तरहीन सामग्री बिक्री हुन सक्ने भन्दै रुपाले अनुगमन सुरु गरेको हो ।

सोमबार वडा नम्बर ५ देउरालीबाट अनुगमन गरिएको रुपाका प्रमुख प्रसाशकीय अधिकृत चिरञ्जीवी बरालले जानकारी दिए । अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको नेतृतवमा वडाध्यक्ष र जनप्रतिनिधि तथा कर्मचारी समेतको उपस्थितिमा अनुगमन गरिएको हो । साथै अनुगमनमा खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि सहभागी थिए । अनुगमनका क्रममा मुल्य सुची नराखिएको, होटलमा अखाद्य बस्तु राखि खानेकुरा पकाइएको साथै म्याद गुज्रेका सामान समेत फेला परेको प्रमुख प्रशासकिय अधिकारी बरालले जानकारी दिए ।

चार्डपर्वमा अखाद्य वस्तुको व्यापार हुन सक्ने भएकाले त्यसलाई रोक्नु र व्यापारीले मुल्य बृद्धि गर्न सक्ने भएकाले चाडपर्व केन्द्रीत अनुगमन गरिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए । अनुगमनले व्यवसायी पनि सचेत हुने र उपभोक्ता ठगिनबाट बच्ने उनले विश्वास व्यक्त गरे ।

अनुगमनसँगै पालिकाले दर्ता छुटेका पसलहरुको नयाँ दर्ता गराएको छ भने दर्ता भएकाहरुको नवीकरण गरिदिएको छ । अनुगमनको क्रममा म्याद गुज्रेका सामान बरामद पछि नष्ट गरिएको छ । अनुगमनलाई निरन्तरता दिने पालिकाले जनाएको छ ।

प्रकाशित मिति २०८१ असोज १४ गते सोमबार ०७:४२
हजुरको प्रतिक्रिया