२०८३ साउन २१ गते बिहीबार

म्याग्दीमा पत्रकारको १० लाखको दुर्घटना बिमा र पत्रकारीता पाठशाला स्थापना

म्याग्दीमा पत्रकारको १० लाखको दुर्घटना बिमा र पत्रकारीता पाठशाला स्थापना

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८१ पुस ३ गते बुधबार ०७:२६

यसैबीच म्याग्दीमा पत्रकारिता क्षेत्रलाई थप फराकिलो बनाउन नयाँ पत्रकार उत्पादन तथा क्षमता विकासमा केन्द्रित हुने गरी महासंघको मातहतमा पत्रकार पाठशाला समेत सञ्चालन गरिने छ । पत्रकार महासंघ म्याग्दीले आधारभुत तथा एडभान्स तालिमका लागि पनि आवश्यकता महसुस गरेर पाठशालाको अवधारणा ल्याएको हो ।

म्याग्दी ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशिल पत्रकारको १० लाखको दुर्घटना बीमा गरेको छ ।

गत मंसिर २८ गते निर्वाचित नयाँ कार्यसमितिको पदस्थापनासँगै बुधबार बसेको पहिलो बैठकले जिल्लामा पछिल्लो तीन वर्ष देखि क्रियाशिल रहेका पत्रकारको दुर्घटना बिमा गर्ने निणर्य गरेको हो । पत्रकारको लागि शिखर इन्स्योरेन्स कम्पनीमार्फत १० लाख बराबरको दुर्घटना बिमा गर्ने र बिमा शुल्क पत्रकार महासंघले ब्यहोर्ने अध्यक्ष हरिकृष्ण गौतमले बताए । पत्रकार महासंघका संस्थापक अध्यक्ष घनश्याक खड्का, निर्वतमान अध्यक्ष एवम् पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल र पूर्व अध्यक्ष तारानाथ शर्माको बिमा गरी शुभारम्भ गरिएको तथा बाँकी अन्यको पनि क्रमशः बिमा गर्दै लैजाने योजना रहेको अध्यक्ष गौतमले जानकारी दिए ।

यो बीमाअन्तर्गत दुर्घटनाबाट कुनै पत्रकार कार्यक्षेत्रमा खटिएका बेला वा अन्य पेशागत कामका बेला कुनै पनि प्रकारका दुर्घटनामा परि मृत्यु वा पूणर् रुपमा अशक्त भएमा १० लाख रुपैयासम्मको प्रिमियम उपलब्ध गराइने छ । दुर्घटनाबाट घाइते भएमा उपचारका लागि १ लाख रुपैयासम्मको लाभ पाउनेछन् ।

यसैबीच म्याग्दीमा पत्रकारिता क्षेत्रलाई थप फराकिलो बनाउन नयाँ पत्रकार उत्पादन तथा क्षमता विकासमा केन्द्रित हुने गरी महासंघको मातहतमा पत्रकार पाठशाला समेत सञ्चालन गरिने छ । पत्रकार महासंघ म्याग्दीले आधारभुत तथा एडभान्स तालिमका लागि पनि आवश्यकता महसुस गरेर पाठशालाको अवधारणा ल्याएको हो ।

पत्रकार महासंघ म्याग्दीले जिल्लामा विभिन्न क्षेत्रमा देखिएका समस्यामा केन्द्रित भएर बहस तथा जनसरोकारको क्षेत्रमा प्राथमिकता दिने अध्यक्ष गौतमको भनाई छ । जिल्लामा अलपत्र परेका विकासे योजना तथा सेवाप्रवाहमा देखिएको ढिलासुस्ती बिरुद्ध खवरदारी समेत गरिने छ । नेपाल पत्रकार महासंघको निर्वाचन समितिका संयोजक तारानाथ शर्माले नवनिर्वाचित टिमलाई प्रमाणपत्र वितरण गर्नुका साथै पद तथा गोपनियताको सपथ गराएका थिए ।

प्रकाशित मिति २०८१ पुस ३ गते बुधबार ०७:२६
हजुरको प्रतिक्रिया