२०८३ साउन २१ गते बिहीबार

घान्द्रुक जिप दुर्घटना अपडेट : १ जनाको मृत्यु, ४ जना घाइतेको उपचार हुँदै 

घान्द्रुक जिप दुर्घटना अपडेट : १ जनाको मृत्यु, ४ जना घाइतेको उपचार हुँदै 

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस ४ गते बिहीबार ०५:२३

बाँकी घाइते ४ जनालाई सिम्रिक एयर मार्फत मणिपाल अस्पताल ल्याइएको छ । घाइतेको उपचार जारी छ । बिहीबार दिउँसो ग १ ज ६८२१ नम्बरको जिप बतासेडाँडामा दुर्घटना भएको थियो ।

पोखरा ।

पोखराबाट घान्द्रुकतर्फ जाँदै गर्दा अन्नपूणर् गाउँपालिका १० बतासेडाँडामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बाँकी घाइते ४ जनालाई सिम्रिक एयर मार्फत मणिपाल अस्पताल ल्याइएको छ । घाइतेको उपचार जारी छ । बिहीबार दिउँसो ग १ ज ६८२१ नम्बरको जिप बतासेडाँडामा दुर्घटना भएको थियो ।

जिप सडकबाट करिब ६ सय मिटर तल खसेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । जिपमा ७ जना सवार थिए । घाइते सबै महिला रहेको डिएसपी शर्माले बताए ।

प्रकाशित मिति २०८१ पुस ४ गते बिहीबार ०५:२३
हजुरको प्रतिक्रिया