२०८३ साउन २१ गते बिहीबार

सुर्यदर्शन सहकारी ठगी प्रकरणः पक्राउ परेकाहरुको वयान सकियो, थुनछेक बहस सुरु

सुर्यदर्शन सहकारी ठगी प्रकरणः पक्राउ परेकाहरुको वयान सकियो, थुनछेक बहस सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस १६ गते मंगलबार ०३:१६

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं, पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङको वयान लिइएको थियो ।

पोखरा ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकाहरुको वयान सकिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधिश नीतिज राईको इजलासमा अघिल्लो सोमबारबाट सुरु भएको वयान आज सकिएको छ । वयान सकिएसँगै थुनचेक बहस सुरु भएको जिल्ला अदालत कास्कीले जनाएको छ । आज आरती गुरुङको वयान लिइएको हो ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं, पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङको वयान लिइएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पुस ५ र पुस ७ गते गरी सूर्यदर्शन सहकारी ठगीमा संलग्न ६३ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दायर गरेको थियो । वकिल कार्यालयले १ करोड ५१ लाखभन्दा बढी विगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।

रविविरुद्ध सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता भएको छ । गत कात्तिक २ गते पक्राउ परेका रवि लामिछानेलाई वयानका लागि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पनि लगिएको थियो ।

प्रकाशित मिति २०८१ पुस १६ गते मंगलबार ०३:१६
हजुरको प्रतिक्रिया