२०८३ साउन २१ गते बिहीबार

गोरखा–काठमाडौं एकीकरण मार्गमा सेनाको पदयात्रा आजबाट सुरु

गोरखा–काठमाडौं एकीकरण मार्गमा सेनाको पदयात्रा आजबाट सुरु

विराज त्रिपाठी

@Public 4K Tv

२०८१ पुस २१ गते आइतबार ०१:४५

आज गोरखाबाट हिँडेको टोलीले सोही दीन धादिङको घाटबेंसीमा शिवदल गणको टोलीलाई झण्डा, टर्च हस्तान्तरण गर्ने नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीले बताए।

 गोरखा ।

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्याको अवसरमा गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले आजबाट गोरखा–काठमाडौं ऐतिहासिक पदयात्रा सुरु गरेकाे छ ।

सेनाले विगतका वर्षहरुमा झैँ यस वर्ष पनि गोरखा दरबार स्थित हनुमान थान बाट पदयात्रा सुरु गरेकाे हो। पदयात्रा हनुमान भञ्ज्याङबाट सुरु भई जोर चौतारा, ताप्ले, अश्राङ, बोर्लाङ, घाटवेशी, धादिङ, नुवाकोट हुँदै पुस २६ गते काठमाण्डौ पुग्नेछ। यात्रामा पृथ्वीनारायण शाहकालीन पोशाकमा सजिएका सेनाले साथमा पृथ्वीनारायण शाहले स्थापना गरेका श्रीनाथ गण, कालीबक्स गण, पुरानो गोरखगण, बर्दबहादुर गण र सबुज गणको झण्डा, राष्ट्रिय झण्डा र टर्च रहनेछ।

आज गोरखाबाट हिँडेको टोलीले सोही दीन धादिङको घाटबेंसीमा शिवदल गणको टोलीलाई झण्डा, टर्च हस्तान्तरण गर्ने नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीले बताए। धादिङ–नुवाकोट हुँदै पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा हनुमान ढोकामा आयोजित राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको कार्यक्रममा सहभागी हुने उनले बताए।

नेपाल एकीकरणको अभियानका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहले बाइसे–चौबिसे राज्यलाई एकीकरण गर्दा प्रयोग गरेको पैदलमार्गलाई एकीकरण पदमार्गको रुपमा विकास गराउन नेपाली सेनाले पाँच वर्षअघिबाट पदयात्रालाई निरन्तरता दिँदै आएको छ । यात्रा अवधिभर गाेरखामा शिवदल गण ,धादीङमा श्री शेर गण,  नुवाकाेटमा कालीध्वज गण र काठमाण्डाैमा  श्री शार्दुलजँग गुल्मले सघाउनेछन् ।

प्रकाशित मिति २०८१ पुस २१ गते आइतबार ०१:४५
हजुरको प्रतिक्रिया