२०८३ साउन २१ गते बिहीबार

भारतीय दूतावासको सहयोगमा निर्मित म्याग्दी क्याम्पस भवन उद्घाटन

भारतीय दूतावासको सहयोगमा निर्मित म्याग्दी क्याम्पस भवन उद्घाटन

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८१ पुस २२ गते सोमबार ०४:०२

क्याम्पसमा म्याग्दीका साथै छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाका विद्यार्थी समेत अध्ययनरत छन् ।

म्याग्दी ।

नेपालस्थित भारतीय दूतावासको आर्थिक सहयोगमा निर्मित म्याग्दी बहुमुखी क्याम्पसको भवन एक समारोहका बिच सोमबार उद्घाटन गरिएको छ ।

बेनी नगरपालिका–८, फुलबारीमा अवस्थित क्याम्पसको छात्राबास, वार्डेन कक्ष सहित ब्यवस्थापन र मानबिकी संकाय गरी ३ वटा भवनको भारतीय दूतावासका प्रथम सचिव अविनाशकुमार सिंह र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । वि.स २०६८–२०६९ सालमा भारतीय दूतावासको दुई करोड ८३ लाखको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

क्याम्पस भवन तत्कालिन जिल्ला विकास समितिले २०७१ सालमा हस्तान्तरण गरेपछि नियमित प्रयोगमा आइरहेपनि विभिन्न कारणले उद्घाटनको मिति तय हुन सकेको थिएन । दुईतले २४ कोठा भएको नयाँ भवन निर्माणपछि पठनपाठन तथा ग्रामिण क्षेत्रबाट आउने छात्रालाई सहयोग पुगेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुंगानाको भनाई छ ।

भवन उद्घाटन कार्यक्रममा भारतीय दूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले दुतबासबाट सञ्चालित परियोजनाको २० बर्ष अवधिमा ७९ वटा आयोजनामा नेपाललाई सहयोग गरिएको बताउँदै अव २० करोडसम्म सहयोग गर्न सकिने बताए । भारतीय दुताबासबाट हुने सबै सहयोग नेपाल सरकारको मातहतका निकायबाट कार्यान्वयन हुने गरेको छ ।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकालका मेयर सुरत केसीले भारतीय दुताबाससँगको सहकार्यमा क्याम्पसभित्र थप पूर्वाधार सहित अन्य संरचनाहरूलाई प्राथमिकता दिन अनुरोध गरिएको थियो ।

प्रसिद्ध कालिगण्डकी नदीबाट भारतको अयोद्धामा पुर्याइएको शिला उत्खनन् गरिएको स्थानमा प्रस्तावित २० करोडको परियोजनामा समेत बजेट विनियोजनका लागि समेत अनुरोध गरिएको थियो । करिब १ हजार विद्यार्थी कक्षा ११, १२ र स्नातक, स्नातकोत्तर तहमा अध्ययनरत छन् । क्याम्पसका विद्यार्थीमा ७० प्रतिशत छात्रा रहेको क्याम्पस प्रमुख श्रीधर सुबेदीको भनाई छ ।

क्याम्पसमा म्याग्दीका साथै छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाका विद्यार्थी समेत अध्ययनरत छन् ।

प्रकाशित मिति २०८१ पुस २२ गते सोमबार ०४:०२

हजुरको प्रतिक्रिया