२०८३ साउन २१ गते बिहीबार

वातावरण प्रभाव मूल्यांकन (इआइए, बिइएस र आइइ) समस्या तथा समाधान विषयक संवाद कार्यक्रम सम्पन्न

वातावरण प्रभाव मूल्यांकन (इआइए, बिइएस र आइइ) समस्या तथा समाधान विषयक संवाद कार्यक्रम सम्पन्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ पुस २२ गते सोमबार ०६:५७

भूगोलविद् डाक्टर कृष्ण केसीले पोखरालाई स्वस्थ सहरीकरण गर्नुभन्दा पनि कुरुप बनाउने काम भएको बताए ।

पोखरा ।

वातावरण प्रभाव मूल्यांकन (इआइए, बिइएस र आइइ) समस्या तथा समाधान विषयक संवाद कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।

पोखरामा नक्सापास नगरी बनेका भौतिक संरचनालाई केन्द्रमा राखेर संवाद कार्यक्रम आयोजना गरिएको हो । पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्र र एकाउन्टबिलिटी ल्याबको आयोजनामा भएको कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले विगतमा नक्सा पास नगरी बनेका घर र व्यवसायीक भवनको अभिलेखिकरणका लागि सरोकारवालालाई आग्रह गरेका छन् । स्थानीय सरकार संचालन ऐन अनुसार नै अभिलेखिकरण प्रकृया अगाडि बढाइएको आचार्यले स्पष्ट पारे ।

सामान्य अवस्थामा नक्सा पास गर्दा लाग्ने राजश्व भन्दा महानगरले तीन गुणा बढि शुल्क तिरेर घर तथ भवन अभिलेखिकरण गर्न सकिने भने पछि सरोकारवाला झस्केका छन् । स्थानीय सरकार संचालन ऐनको व्यवस्था अनुसार उक्त निर्णय भएकाले महानगरले मात्र उक्त निर्णय फेर्न नसक्ने आचार्यले स्पष्ट पारे ।

महानगरले भवन नियमित तथा अभिलेखिकरण सम्बन्धी कार्यविधि २०८० नगरसभाबाट परित गरी स्थानीय राजपत्रमा प्रकाशित गरेको छ । महानगरमा ६० प्रतिशत घर तथा भवन नक्सा पास नगरी बनेको महानगरको अनुमान छ । महानगरले अहिले नयाँ भवन निर्माण संहिता जारी गरेको छ । भने प्राकृतिक सम्पदा, मुख्यसडक, साखा सडक, तालतलैया र सार्वजनिक स्थलको मापदण्ड सार्वजनिक गरेको छ ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकार बन तथा वातारण मन्त्रालयका सचिव जीवनाथ पौडेलले विकास र वातावरणलाइ सन्तुलनमा राख्नका लागि वातावरणीय मुल्याङकनको व्यवस्था गरिएको बताए ।

होटल संघ पोखराका अध्यक्ष लक्षण सुवेदीले सानासाना होटललाई  पनि संक्षिप्त वातावरण प्रभाव मुल्यांकन रिपोर्ट अनिवार्य गर्दा होटल व्यवसायी समस्यामा परेको गुनासो गरे । विगतबाट संचालनमा हुदैँ आएका पुराना होटललाई समेत वातावरण प्रभाव मुल्यांकन रिपोर्ट माग गर्दा होटलहरु नविकरण हुन नसकेको र यसले व्यवसायमा गम्भिर असर गरेको बताए ।

यस्तै कार्यक्रममा भूगोलविद् डाक्टर कृष्ण केसीले पोखरालाई स्वस्थ सहरीकरण गर्नुभन्दा पनि कुरुप बनाउने काम भएको बताए । ताल, नदि, बस्ती र खोल्साखोल्सी दुर्घन्धीत भएको भन्दै केसीले पोखराको संवेदीनशिलतालाई ध्यान दिदै सुरक्षित पोखरा निर्माणका लागि काम गर्नुपर्ने बताए ।

प्रकाशित मिति २०८१ पुस २२ गते सोमबार ०६:५७

हजुरको प्रतिक्रिया