२०८३ साउन २१ गते बिहीबार

रवि लामिछानेको थुनछेक हेर्दाहेर्दैमा, आइतबार पुनः अदालत उपस्थित हुने शर्तमा परिवारकै जिम्मामा

रवि लामिछानेको थुनछेक हेर्दाहेर्दैमा, आइतबार पुनः अदालत उपस्थित हुने शर्तमा परिवारकै जिम्मामा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ ११ गते शुक्रबार ०६:५३

बिहीबार ८ जना सरकारी वकिलहरूले बहस गरेका थिए । शुक्रबार सुरुमा जाहेरवालाका तर्फबाट वकिलहरूको बहस भएको थियो ।

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक हेर्दाहेर्दैमा राखिएको छ ।

बुधबारबाट जारी बहस नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए ।

न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार दिनभर बयान भएको थियो भने बिहीबारबाट थुनछेक बहस भइरहेको छ ।

बिहीबार ८ जना सरकारी वकिलहरूले बहस गरेका थिए । शुक्रबार सुरुमा जाहेरवालाका तर्फबाट वकिलहरूको बहस भएको थियो । त्यसपछि प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त र सुरेन्द्र थापाले बहस गरेका छन् ।

उनीहरूको बहस नसकिएपछि आइतबार पुनः अदालत उपस्थित हुने शर्तमा रविलाई परिवारको जिम्मा लगाइएको छ । थुनछेक बहस सकिएपछि जाहेरवाला र प्रतिवादीतर्फका वकिलहरूले जवाफी बहस गर्नेछन् । त्यसपछि अदालतले आदेश जारी गर्नेछ ।

प्रकाशित मिति २०८१ माघ ११ गते शुक्रबार ०६:५३

हजुरको प्रतिक्रिया