२०८३ साउन २१ गते बिहीबार

राष्ट्रपति पौडेलद्वारा वसन्त पञ्चमीको अवसरमा वसन्त श्रवण

राष्ट्रपति पौडेलद्वारा वसन्त पञ्चमीको अवसरमा वसन्त श्रवण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २१ गते सोमबार १०:२६

परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ ।

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीको अवसरमा वसन्त श्रवण गरेका छन् ।

सोमबार शुभ साईतमा उनले वसन्त श्रवण गरेका हुन् ।

हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मुल पुरोहितले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए ।

परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ ।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गर्नुका साथै मंगलधुन प्रश्तुत गरेको थियो ।

उक्त अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, सरकारका उपप्रधानमन्त्री र मन्त्रीहरुको उपस्थिति रहेको थियो ।

उनीहरुले पनि वसन्त श्रवण गरी टीका, माला र फूलप्रसाद ग्रहण गरे ।

श्रीमद्भागवत महापुराणमा भगवान श्रीकृष्णको खोजीमा रहेकी प्रेमिका राधा र उहाँका सखीहरूले वसन्त ऋतुको आगमनको स्वागत गर्दै वसन्तराग गाएर कृष्ण भगवानको आराधना गरेको प्रसङ्ग उल्लेख छ ।

वसन्त पञ्चमीको दिनदेखि वसन्त ऋतुको शुरुवात हुने र त्यससँगै रुख बिरुवामा नयाँ पालुवा पलाउँछ ।

त्यस अवसरमा नेपाली परम्परागत लोकबाजा पञ्चेबाजा बजाइएको थियो भने नेपाली सेनाका विभिन्न गणका निशानसमेत प्रश्तुत गरिएको थियो ।

प्रकाशित मिति २०८१ माघ २१ गते सोमबार १०:२६
हजुरको प्रतिक्रिया