पोखरा ।
जिल्ला अदालत चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई हिरासतमा पठाएको छ ।
सहारा बचत सहकारीको थुनछेक बहस नसकिएपछि जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा पठाइएको हो ।
उनको मुद्दा अहिले हेर्दाहेर्दैमा छ । अदालतले लामिछानेलाई भोलि बिहान १० बजे अदालतमा उपस्थित गराउने गरी जिल्ला प्रहरी कार्यालय चितवनको न्यायिक हिरासत पठाएको हो ।
आजै अदालतमा उपस्थित भएका लामिछानेको बयान सकेर थुनछेक बहस शुरू भएको हो । यसअघि बुटवलमा रहेको सुप्रिम सहकारी संस्थाको मुद्दा रुपन्देही जिल्ला अदालतमा दर्ता हुँदा माघ ९ गते उनलाई परिवार र वकिलको जिम्मामा छाडिएको थियो । परिवारको जिम्मामा छाडिएपछि सरकारी वकिलहरूले असन्तुष्टिसमेत जनाएका थिए ।
त्यसअघि काठमाडौ जिल्ला अदालतले पनि स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको थुनछेक जारी रहँदा लामिछानेलाई हिरासतमै पठाएको थियो ।
प्रकाशित मिति २०८१ माघ २३ गते बुधबार ०६:४३