२०८३ असोज २५ गते आइतबार

युक्रेनी सेनाको कब्जामा रहेका २ नेपालीको उद्धार

युक्रेनी सेनाको कब्जामा रहेका २ नेपालीको उद्धार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २४ गते बिहीबार १२:३९

युक्रेन पुगेर नौ महिनादेखि सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार गरिएको छ । तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखाका ३९ वर्षीय शेर साम्बो शेर्पालाई युक्रेनी सेनाले बुधबार माल्दोभामा छाडेको गैरआवासीय नेपाली संघका अध्यक्ष...

उनीहरू शुक्रबार दिउँसो काठमाडौँ आइपुग्ने

युक्रेन पुगेर नौ महिनादेखि सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार गरिएको छ ।

तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखाका ३९ वर्षीय शेर साम्बो शेर्पालाई युक्रेनी सेनाले बुधबार माल्दोभामा छाडेको गैरआवासीय नेपाली संघका अध्यक्ष डाक्टर बद्री केसीले जानकारी दिए ।

नयाँ दिल्लीस्थित एक एजुकेसन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका फुर्वा शेर्पा र शेर साम्बो शेर्पा गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा रहेका थिए ।

उनका अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा उनीहरूलाई टर्किस एयरलाइन्सको जहाजमार्फत माल्दोभाबाट नेपाल फर्काउने व्यवस्था गरिएको छ । उनीहरू शुक्रबार दिउँसो काठमाडौँ आइपुग्ने जनाइएको छ ।

भारतको नयाँ दिल्लीस्थित एक एजुकेसन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा उनीहरू युक्रेन पुगेका थिए ।

उद्धारमा जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेती र नियोग उपप्रमुख सागर फुयाँलले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको अध्यक्ष डाक्टर केसीले जानकारी दिए ।

प्रकाशित मिति २०८१ माघ २४ गते बिहीबार १२:३९
हजुरको प्रतिक्रिया