उनीहरू शुक्रबार दिउँसो काठमाडौँ आइपुग्ने
युक्रेन पुगेर नौ महिनादेखि सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार गरिएको छ ।
तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखाका ३९ वर्षीय शेर साम्बो शेर्पालाई युक्रेनी सेनाले बुधबार माल्दोभामा छाडेको गैरआवासीय नेपाली संघका अध्यक्ष डाक्टर बद्री केसीले जानकारी दिए ।
नयाँ दिल्लीस्थित एक एजुकेसन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका फुर्वा शेर्पा र शेर साम्बो शेर्पा गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा रहेका थिए ।
उनका अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा उनीहरूलाई टर्किस एयरलाइन्सको जहाजमार्फत माल्दोभाबाट नेपाल फर्काउने व्यवस्था गरिएको छ । उनीहरू शुक्रबार दिउँसो काठमाडौँ आइपुग्ने जनाइएको छ ।
भारतको नयाँ दिल्लीस्थित एक एजुकेसन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा उनीहरू युक्रेन पुगेका थिए ।
उद्धारमा जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेती र नियोग उपप्रमुख सागर फुयाँलले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको अध्यक्ष डाक्टर केसीले जानकारी दिए ।
प्रकाशित मिति २०८१ माघ २४ गते बिहीबार १२:३९




