२०८३ साउन २१ गते बिहीबार

कतार सरकारद्वारा १४ नेपाली कैदिबन्दीलाई आममाफी

कतार सरकारद्वारा १४ नेपाली कैदिबन्दीलाई आममाफी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख २२ गते बुधबार ०९:१७

विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपाली कैदीबन्दीलाई कतार सरकारले आममाफी दिएको छ । रमादान पर्वको अवसरमा कतार सरकारले उक्त निर्णय गरेको दोहास्थित नेपाली नियोगद्वारा जारी वक्तव्यमा उल्लेख छ । कोरोना संक्रमणलाई समेत मध्यनजर...

विभिन्न आरोपमा सजाय भोगिरहेका १४ जना नेपाली कैदीबन्दीलाई कतार सरकारले आममाफी दिएको छ । रमादान पर्वको अवसरमा कतार सरकारले उक्त निर्णय गरेको दोहास्थित नेपाली नियोगद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

कोरोना संक्रमणलाई समेत मध्यनजर गरी नेपाली कैदीबन्दीको रिहाइका लागि सरकारले कतार सरकारलाई आग्रह गरेको थियो । आममाफी पाएका नेपाली नागरिकहरुको नेपाल फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकाहरुसँग दूतावासले समन्वय गर्ने समेत विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति २०७८ वैशाख २२ गते बुधबार ०९:१७
हजुरको प्रतिक्रिया