२०८३ साउन २१ गते बिहीबार

जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरु खरानी हुन्छन् : प्रचण्ड

जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरु खरानी हुन्छन् : प्रचण्ड

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १ गते बिहीबार १०:२२

कसैले मेटाएर जनयुद्ध नमेटिने भन्दै उनले मेटाउने दुःशाहस गर्नेहरु खरानी हुने बताएका हुन् । उनले जनयुद्ध दिवस जनताका सबै उत्पीडित समुदायको निम्ति राष्ट्रिय दिवस भएको बताए ।

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरु खरानी हुने चेतावनी दिएका छन् ।

बिहीबार पार्टी केन्द्रिय कार्यालयमा पार्टीको तर्फबाट आयोजित ३० औँ जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले हजारौँ शहीदहरुको बलिदान र रगतबाट तथा हजारौँ बेपत्ता योद्धाहरुको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रियामा सयौँ वर्षसम्म रहने दाबी गरे ।

कसैले मेटाएर जनयुद्ध नमेटिने भन्दै उनले मेटाउने दुःशाहस गर्नेहरु खरानी हुने बताएका हुन् । उनले जनयुद्ध दिवस जनताका सबै उत्पीडित समुदायको निम्ति राष्ट्रिय दिवस भएको बताए ।

जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसकै रुपमा अगाडि लैजानुपर्नेमा उनको जोड छ ।

जनयुद्ध शब्दलाई विकृत पार्ने अनेक प्रयासहरु भएको भन्दै उनले जनयुद्धलाई नेपाली जनताको युगान्तकारी अभियानको रुमपा, महान बलिदानको कीर्तिमान कायम गर्ने युद्धको रुपमा स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्ने धारणा व्यक्त गरे ।

जनयुद्धमाथि अहिले पनि प्रहार भइरहेको पनि उनको तर्क छ ।

अध्यक्ष दाहालले भने, ‘जनयुद्ध दिवस साँच्चै नै जनताका सबै उत्पीडित समुदायको निम्ति राष्ट्रिय दिवस नै हो । यसलाई राष्ट्रिय दिवसकै रुपमा हामीले अगाडि लैजानुपर्छ । जनयुद्ध शब्दलाई विकृत पार्ने अनेक चेष्टाहरु पनि भएका छन् । त्यसैले जनयुद्धलाई नेपाली जनताको युगान्तकारी अभियानको रुमपा, महान बलिदानको कीर्तिमान कायम गर्ने युद्धको रुपमा हामीले स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्छ । तर मलाई के विश्वास छ भने हजारौँ शहीदहरुको बलिदानबाट रगतबाट सिञ्चित यो प्रक्रिया, हजारौँ बेपत्ता योद्धाहरुको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रियामा सयौँ सयौँ वर्षसम्म रहनेछ । कसैले मेटाएर यो मेटिने छैन । जसले मेटाउने दुःशाहस गर्छ उही नै खरानी हुन्छ भन्ने मेरो विश्वास छ ।’

अध्यक्ष दाहालले प्राप्त उपलब्धिलाई अझ बलियो बनाउँदै समाजवादको बाटोमा अघि बढ्न जरुरी रहेको जिकिर गरे ।

प्रतिक्रियावादी शक्तिहरुले गणतन्त्रलाई जनताको गणतन्त्र हुन नदिन अनेकन गतिविधि गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति २०८१ फागुन १ गते बिहीबार १०:२२
हजुरको प्रतिक्रिया