२०८३ साउन २१ गते बिहीबार

पोखरा महानगरपालिकाको भ्याकेट निवेदन उच्च अदालतमा दर्ता

पोखरा महानगरपालिकाको भ्याकेट निवेदन उच्च अदालतमा दर्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १२ गते सोमबार ०६:०३

त्यो आदेश वेरितको भन्दै पोखरा महानगर पालिकाले आज सो आदेश रद्द गर्न निवेदन दिएको छ ।

पोखरा ।

उच्च अदालत पोखराले दिएको अन्तरिम आदेशमा असन्तुष्टि जनाउदै पोखरा महानगर पालिकाले भ्याकेट निवेदन दर्ता गराएको छ ।

पोखराको लेकसाईडमा गर्न थालिएको कोटिहोम महायज्ञ पोखरा महानगर पालिकाले रोक्न खोजेको भन्दै महायज्ञ आयोजक नेपाल सेवा फाउण्डेशन नेपालले दिएको रिटमा उच्च अदालत पोखराले अन्तरिम आदेश दिँदै महायज्ञ नरोक्न भनेको थियो ।

फागुन १ गते सो आदेश आएको हो । त्यो आदेश वेरितको भन्दै पोखरा महानगर पालिकाले आज सो आदेश रद्द गर्न निवेदन दिएको छ ।

६ पेज लामो निवेदनमा लेकसाइडमा के कारणले महायज्ञ आयोजना गर्न उपयुक्त छैन भन्ने कुरा उल्लेख गर्दै स्थानीय सरकारले सो स्थानमा महायज्ञ गर्न स्विकृति नदिनुका कारण उल्लेख गरिएको छ ।

निवेदनमा महायज्ञ गर्ने भनिएको स्थल फेवातालको ६५ मिटरको मापदण्डमा समेत पर्ने र केही दिन भित्रै तालको सिमांकन गर्न सुरु गरिने भएकाले पनि तालको मापदण्डभित्र पर्ने जमिनमा महायज्ञ हुन नसक्ने जिकिर गरिएको छ ।

प्रकाशित मिति २०८१ फागुन १२ गते सोमबार ०६:०३

हजुरको प्रतिक्रिया