२०८३ साउन २१ गते बिहीबार

कुलमान घिसिङले स्पष्टीकरण, पदबाट हटाउने कारबाही हुन नपर्ने बेहोरा उल्लेख

कुलमान घिसिङले स्पष्टीकरण, पदबाट हटाउने कारबाही हुन नपर्ने बेहोरा उल्लेख

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २५ गते आइतबार ०६:५७

निर्देशक घिसिङले सफाइ माग गर्ने कारबाही त्रुटिपूर्ण रहेको भन्दै पत्रमा विभिन्न ६ बुँदासमेत उल्लेख गरे ।

पोखरा ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो स्पष्टीकरण बुझाएका छन् ।

सरकारले पदबाट किन नहटाउने भनेर सोधेको विषयमा उनले सफाइ पेश गरेका हुन् । उनले कानून, प्राकृतिक न्याय, तथ्य एवम् संलग्न कागजातका आधारमा सरकारले नियुक्ति रद्द गर्ने एवम् पदबाट हटाउनेलगायत कुनै पनि कारबाही हुन नपर्ने बेहोरा उल्लेख गरेका छन् ।

निर्देशक घिसिङले सफाइ माग गर्ने कारबाही त्रुटिपूर्ण रहेको भन्दै पत्रमा विभिन्न ६ बुँदासमेत उल्लेख गरे । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र घिसिङबीच २०७८ माघ ५ मा कार्यसम्पादन सम्झौता भएको थियो ।

सरकारले घिसिङलाई २०८०÷८१ को कार्यसम्पादन प्रतिवेदन पेश नगरी सम्झौताको शर्त उल्लङघन गरेका कारण तपाईको नियुक्ति किन रद्द नगर्ने भनी गएको २१ गते स्पष्टीकरण सोधेको थियो ।

पछिल्लो पटक घिसिङले कार्य प्रगति आधारमा ९८ दशमलव ९९ अङ्क प्राप्त गर्नुपर्ने दाबी पेश गरेका थिए ।

प्रकाशित मिति २०८१ फागुन २५ गते आइतबार ०६:५७
हजुरको प्रतिक्रिया