२०८३ असोज २५ गते आइतबार

फागुपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउनेछ : राष्ट्रपति

फागुपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउनेछ : राष्ट्रपति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २९ गते बिहीबार ०९:४५

‘विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो । यो पर्वले समस्त नेपालीहरूबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास लिएको छु’, उनको शुभकामना सन्देशमा भनिएको छ ।

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले फागुपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

फागुपर्वका अवसरमा शुभकामना दिँदै उनले उनले यो पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्धन गर्न प्रेरणा प्रदान गर्ने बताएका छन् ।

राष्ट्रपति पौडेलले जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण नेपाली समाजलाई विविधता बीचको एकता कायम गर्न पर्वले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

‘विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो । यो पर्वले समस्त नेपालीहरूबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वास लिएको छु’, उनको शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको बताएका छन् ।

‘यही विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता पनि हो’, उनले भनेका छन् ।

प्रकाशित मिति २०८१ फागुन २९ गते बिहीबार ०९:४५
हजुरको प्रतिक्रिया