पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २६ स्थित सृजना बहिरा आवासीय माध्यामिक विद्यालयको होस्टेलमा बस्ने दुई बालिका बलात्कृत भएका छन् ।
कक्षा ११ मा पढ्ने २० वर्षीय विजय बिकलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार पक्राउ गरेको छ ।
कास्की जिल्ला अदालतले अभियुक्त विकलाई पुर्पक्षमा रहने गरी कारागार चलान गर्न आदेश दिए छि उनी अहिले कास्की जिल्ला कारागारमा रहेका छन् । अभियुक्त विकका आफन्त प्रविन बिसीले विजयलाई झुटा मुद्दा लगाएर पक्राउ गरिएको गुनासो गरेका छन् । आफ्नो छोरा बिदाको समयमा कपिलवस्तु गएको कारण दशैं, तिहारमा बिचमा पोखरा नआएको दाबी गर्दै विद्यालय प्रशासनले आफुहरुलाई फसाउन खोजेको उनको आरोप छ ।
सोही विद्यालयकै अर्का बालक पनि सँगै पढ्ने बालिका वलात्कार गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । गत कार्तिक २३ गते पक्राउ परेका ती अभियुक्त बालक भएकाले अदालतले माघ १८ गते परिवारजनको जिम्मा लगाएको थियो ।
बलात्कृत बालिका भने अबको केही दिनमै सुत्केरी हुने अवस्थामा रहेको पीडित पक्षले जानकारी दिएका छन्। उनीहरुले पीडकमाथि कडा कारबाहीको माग गरेका छन् । घटनालाई लुकाउन विद्यालय प्रशासन र अन्य पक्षबाट आफुहरुलाई पटक पटक फोन समेत आएको बालिकाको आमाको भनाइ छ ।
विद्यालयका प्रध्यानाध्यापक सुनिल भण्डारी घटनाको जिम्मेवारी लिने पक्षमा छैनन् । उनले ती घटना विद्यालय बाहिर भएकाले विद्यालय प्रशासन त्यसको जिम्मेवारी लिने पक्षमा नरहेको बताए । विद्यालयमा ४६ जिल्लाका सुस्त श्रवण भएका (बहिरा) करिब दुई सय जना विद्यार्थीहरु अध्ययनरत छन् ।
प्रकाशित मिति २०८१ चैत ३ गते सोमबार ०६:४८




