पोखरा ।
कास्कीको पृथ्वीनारायण (पिएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा २८९७ मत खसेको छ ।
बिहान ८ बजेदेखि भएको मतदानमा २ हजार ८९७ सहभागी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
९२७० मतदाता रहेको क्याम्पसमा ३१.२५ प्रतिशत मात्र मत खसेको हो । अब सर्वदलीय बैठक बसेर मतगणनाबारे निर्णय गरिने निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले जानकारी दिए ।
स्ववियु अध्यक्षका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएर चुनावमा होमिएका छन् ।
अनेरास्ववियुबाट विष्णु पोखरेल, नेविसंघबाट सुशील न्यौपाने, अखिल क्रान्तिकारीबाट नविन अधिकारी, अनेरास्ववियूसहितका संयुक्त प्यानलबाट सन्तोष पौडेल, अखिल छैटौंबाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङले उम्मेदवारी दिँदा विप्लवी न्यौपाने र कमल सुवेदीले स्वतन्त्र रुपमा चुनावी मैदानमा छन् ।