२०८३ साउन २१ गते बिहीबार

जम्मू–कश्मीरमा पर्यटकमाथि भएको आक्रमणको प्रधानमन्त्री र राष्ट्रपतिद्वारा निन्दा

जम्मू–कश्मीरमा पर्यटकमाथि भएको आक्रमणको प्रधानमन्त्री र राष्ट्रपतिद्वारा निन्दा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १० गते बुधबार ०९:५३

भारतीय सञ्चारमाध्यमका अनुसार आक्रमणमा परी एक जना नेपालीसहित कम्तीमा २६ जनाको ज्यान गएको छ । यसैबीच राष्ट्रपति रामचन्द्र पौडलले जम्मू–काश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलाप्रति दुख व्यक्त गरेका छन् ।

पोखरा ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको जम्मू–कश्मीरस्थित पहलगाममा पर्यटकमाथि भएको आतंकवादी आक्रमणको निन्दा गरेका छन् ।

उनले सामाजिक सञ्जाल एक्समार्फत् आक्रमणमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेका छन् ।

यो आक्रमणमा एक जना नेपाली नागरिक पनि परेको भन्ने विवरणलाई पुष्टि गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वयमा रहेको पनि उने जानकारी गराएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार आक्रमणमा परी एक जना नेपालीसहित कम्तीमा २६ जनाको ज्यान गएको छ ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडलले जम्मू–काश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलाप्रति दुख व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निर्दोष व्यक्तिलाई लक्षित गरी गरिएको यस्तो हिंसात्मक कार्य पूर्णतया निन्दनीय छ ।’

पौडेलले आक्रमणमा ज्यान गुमाएकाका परिवारहरूप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

प्रकाशित मिति २०८२ वैशाख १० गते बुधबार ०९:५३
हजुरको प्रतिक्रिया