२०८३ साउन २१ गते बिहीबार

शिक्षामन्त्रीमा एमाले सांसद रघुजी पन्त

शिक्षामन्त्रीमा एमाले सांसद रघुजी पन्त

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ वैशाख १० गते बुधबार ०६:०७

प्रधानमन्त्री निकट स्रोतका अनुसार उनको शपथ भोलि गराउने तयारी छ ।

काठमाडौं ।

शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त हुने भएका छन् ।

उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्ने तयारी गरेको स्रोतले जानकारी दियो ।

गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । लगत्तै रिक्त पदमा एमालेले पन्तलाई मन्त्री बनाउने भएको हो ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार उनको शपथ भोलि गराउने तयारी छ । पन्त एमालेका समानुपातिक सांसद हुन् ।

प्रकाशित मिति २०८२ वैशाख १० गते बुधबार ०६:०७
हजुरको प्रतिक्रिया