२०८३ साउन २१ गते बिहीबार

किसानलाई प्रबिधिसँग जोड्ने बागलुङ नगरको प्राथमिकता

किसानलाई प्रबिधिसँग जोड्ने बागलुङ नगरको प्राथमिकता

डम्मर बुढा मगर

@Public 4K Tv

२०८२ असार ९ गते सोमबार ०७:५६

कृषि उत्पादनको बजारीकरणको लागि कृषि बजार स्थापना गर्ने नगरप्रमुख श्रेष्ठले बताए ।

बागलुङ ।

बागलुङ नगरपालिकाले रैथाने बालीको संरक्षण, उत्पादनमा वृद्धि गर्न किसानलाई आवश्यक सीप र प्रविधिसँग जोड्ने भएको छ ।

आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख बसन्तकुमार श्रेष्ठले बाँझो जमिनलाई प्रयोगलाई ल्याएर उत्पादन बढाउने बताए । कृषकलाई प्राविधिक सेवा दिनका लागि खेत र बारीमा प्राविधिक खाउने उनको भनाइ छ ।परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिकीकरणतर्फ उन्मुख गरिने नगर प्रमुख श्रेष्ठले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

सम्भावित स्थानमा सुन्तला, ओखर, च्याउ र तरकारी पकेट क्षेत्र विस्तार गर्दै लगिने श्रेष्ठले बताए । कृषिको व्यवसायीकरणमा जोड दिन बाँझो जमिनलाई उत्पादनसँग जोड्ने श्रेष्ठले बताए । रैथाने बालीको संरक्षण, उत्पादनमा वृद्धि गर्न किसानलाई आवश्यक सीप र प्रविधिसँग जोडिने छ । बसाइँसराइका उपयोगविहीन बनेका जमिनलाई प्रयोग गर्न किसानलाई प्रोत्साहन गरि ‘एक वडा, एक उत्पादन’लाई प्राथमिकता दिई पकेट कार्यक्रम सञ्चालन गरिने नीतिमा उल्लेख छ ।

कृषि उत्पादनको बजारीकरणको लागि कृषि बजार स्थापना गर्ने नगरप्रमुख श्रेष्ठले बताए । प्राकृतिक प्रकोप, रोगव्याधि लगायतको कारण कृषिमा गरिएको लगानी डुब्न नदिनको लागि ‘गरौँ कृषि उत्पादन हातमा, प्रकोप परे बिमा छ साथमा’ कार्यक्रमसँग कृषकलाई जोड्ने नीति तथा कार्यक्रममा उल्लेख छ । बजार क्षेत्रमा बसोबास गर्ने घर परिवारले घरको कौसी तथा करेसाबारीमा तरकारी खेती गर्न तथा कृषि फलफूल नर्सरी स्थापना गर्नका लागि ‘कौसीको शान, छतमा नै उत्पादन’ कार्यक्रम सञ्चालन गरिने प्रमुख श्रेठले बताए ।

बागलुङ नगर क्षेत्रमा जन्मेर स्वेदश तथा विदेशबाट व्यवसाय, उद्यम, ज्ञान, सीप र अनुभव हासिल गरेका नागरिकलाई उनीहरुले सिकेका ज्ञान, सीप, क्षमता स्थानीय समुदायमा हस्तान्तरण गर्न र बागलुङ नगर क्षेत्रमा लगानी गर्नको लागि ‘आफू जन्मेको माटो र आफू हिँडेको बाटोलाई माया गरौं’ अभियान सञ्चालन गरिने उनले जानकारी दिए । वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई कृषि तथा पशुपालनमा योगदान गर्नको लागि बिना धितो सहुलियत कर्जा उपलब्ध गराउने गरि ‘परदेशको ज्ञान जन्मभूमिमा योगदान’ अभियान चलाइन्े उनको भनाइ छ ।

प्रकाशित मिति २०८२ असार ९ गते सोमबार ०७:५६

हजुरको प्रतिक्रिया