पोखरा ।
पोखराको बाटुलेचौरको लिचीघारी बगैंचाको जग्गा अदालतको निर्णय अनुसार कायम हुनुपर्ने शाह परिवारले माग गरेको छ ।
बुधवार बाटुलेचौरमा पत्रकार सम्मेलन गरेर शाह परिवारले अदालतको फैसला कार्यान्वयन हुनुपर्ने माग गरेका हुन् । ४० वर्ष पुरानो फैसलाअनुसार पोखरा–१६ बाटुलेचौरको अमरदीपमा रहेको लाजपुर्जा नम्बर २५, २६ र २८ को जग्गा आफुहरुले पाउनुपर्ने साह परिवारको भनाई छ ।
तत्कालीन राजा महेन्द्रले राणाहरुलाई बिर्ता दिएका थिए । त्यही जग्गा मध्य स्थानीय दुर्गादेवी शाहले अदालतमा जग्गा पाउ भनि मुद्धा दायर गरेकी थिइन् । २०४० सालमा चारकिल्ला छुट्टाएर अदालतले अहिले विवादित बनेको जग्गा शाहको पक्षमा आदेश गरेको भन्दै उनका नाती सुरज शाह र भिमसेन शाहले सम्पूर्ण जग्गाको अधिकार आफ्नो रहेको दावी गरेका छन् ।
शाह परिवारले आफ्नो भनी दावी गरेको जग्गा मुस्ताङका गौचन परिवारले भोगचलन गदै आएका छन् । दुई पटक नापी र हालसावीमा हुदाँ समेत शाह परिवारले उक्त जग्गामा दावी नगरेको बताए । उक्त जग्गा दर्ता भएको आफुहरुलाई थाहा नभएको भिमसेन शाहले बताए ।
करिब १३५ रोपनीभन्दा धेरै जग्गा नामसारी गराउने र विभिन्न ठाउँका जग्गा छुट दर्ता गरिदिने नाममा बिचौलियार मन्त्रीबिचको लेनदेनको अडियो सार्वजनिक भएको थियो । सोही अडियोको कारण सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबार राजिनामा दिएका थिए ।
प्रकाशित मिति २०८२ साउन १ गते बुधबार ०७:५०




