२०८३ साउन २१ गते बिहीबार

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा नेकपा एमालेको केन्द्रिय कमिटीबाट निर्णय हुने

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा नेकपा एमालेको केन्द्रिय कमिटीबाट निर्णय हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ३ गते शुक्रबार ०८:०७

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा केन्द्रिय कमिटीबाट निर्णय गर्ने भएको छ । शुक्रवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बासेको पार्टीको पोलिटब्युरो बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं ।

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा केन्द्रिय कमिटीबाट निर्णय गर्ने भएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बासेको पार्टीको पोलिटब्युरो बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीको बारेमा उचित समयमा निर्णय गर्ने बताएका हुन् । पार्टीको सदस्यता नविकरण गरी सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीलाई पार्टीमा सक्रिय रुपमा फर्काउने वा नफर्काउने भन्नेबारेमा एमालेभित्रै मत विभाजित छ ।

एकथरीले राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिमा फर्काउन नहुने धारणा राखिरहेका बेला अर्को पक्ष भने राजनीतिमा ल्याउनुपर्ने आवाज उठाइरहेका छन् ।

राष्ट्रपति जस्तो गरिमामय पदमा पुगिसकेको व्यक्तिले, परमाधिपति भइसकेको, गणतन्त्रको गौरवको रुपमा रहेको व्यक्ति राजनीतिमा प्रवेश गर्नेकुरा गम्भीर रहेको कुरा बैठकमा पार्टी अध्यक्ष ओलीले बताएको अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकार दिए ।

७० वर्षे उमेरहद र दुई कार्यकालको अवस्थालाई हटाएर विधानको व्यवस्था प्रश्तुत गरिएको पनि उनले जिकिर गरे । बैठकमा पार्टीका उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रश्ताव प्रश्तुत गर्दै १५ सदस्यीय पदाधिकारीको प्रश्ताव अघि सारेका हुन् ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमकाअनुसार केन्द्रिय सचिवालय र केन्द्रिय पदाधिकारीको लेयर हटाउने र १५ सदस्य पदाधिकारी, २५१ सदस्यीय केन्द्रिय कमिटी र त्यसको एक तिहाईको पोलिटब्युरो रहने गरी तीन तह निर्माण गर्ने प्रश्ताव गरिएको छ । प्रश्ताव उपर स्थायी कमिटीका सदस्यहरुले आफ्नो राय प्रश्तुत गर्ने क्रम जारी रहेको बताए ।

यस्तै नेकपा एमालेको नविकरण १५ प्रतिशतले वृद्धि भएको छ । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संगठित सदस्यता नविकरण १५ प्रतिशतले बढेको बताए । उनकाअनुसार बाँकी तथ्यांक आउने क्रम रहेको र पार्टीको संगठनात्मक क्षेत्र बलियो भएको उल्लेख गरे ।

प्रकाशित मिति २०८२ साउन ३ गते शुक्रबार ०८:०७
हजुरको प्रतिक्रिया