२०८३ असोज २५ गते आइतबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २० गते सोमबार १०:३०

आजको बैठकमा महासचिव देवप्रसाद गुरुङ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राख्दैछन् ।
बाँकी रहेका गुरुङ र श्रेष्ठले धारणा राखेपछि दस्तावेदमाथि आएको धारणाबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यतालिका छ ।

पोखरा ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठक आजै सक्ने तयारी गरिएको छ ।

शनिबार र आइतबार धेरै सदस्यहरुले आफ्नो धाराणा राखिसकेकोले आज समापन गर्ने तयारी गरिएको माओवादी केन्द्रले जनाएको हो ।

आजको बैठकमा महासचिव देवप्रसाद गुरुङ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राख्दैछन् ।

बाँकी रहेका गुरुङ र श्रेष्ठले धारणा राखेपछि दस्तावेदमाथि आएको धारणाबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यतालिका छ ।

उनले जवाफ दिएपछि आजै बैठक समापन गरिने उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकमा प्रचण्डको दस्तावेजमाथि उपमहासचिव जनार्दन शर्मा, सचिव रामकार्कीसहितका केहीले प्रश्न उठाए पनि समर्थन गरेका छन् ।

विशेष महाधिवेशनको प्रस्ताव गरेका शर्मालाई स्थायी कमिटी सदस्यहरुले आत्मालोचना गर्न सुझाव दिएका छन् ।

तर, शर्माले भने पार्टीको जनमत घट्नुमा अध्यक्ष नै पूर्ण जिम्मेवार हुने भएकाले आफूले आत्मालोचना गर्दा प्रचण्डले पनि दोषको भारी उठाउनुपर्ने बताएका थिए ।

प्रकाशित मिति २०८२ साउन २० गते सोमबार १०:३०
हजुरको प्रतिक्रिया