२०८३ साउन २१ गते बिहीबार

सामाजिक सञ्जाललाई बन्द गर्न दूरसञ्‍चार प्राधिकरणको निर्देशन

सामाजिक सञ्जाललाई बन्द गर्न दूरसञ्‍चार प्राधिकरणको निर्देशन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १९ गते बिहीबार ०६:३४

काठमाडौं। नेपाल दूरसञ्‍चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न इन्टरनेट सेवा प्रदायक संघलाई निर्देशन दिएको छ। बिहीबार प्राधिकरणले विज्ञप्ति जारी गर्दै सबै इन्टरनेट सेवा प्रदायकहरूलाई २६ वटा समाजिक सञ्जाललाई...

काठमाडौं।

नेपाल दूरसञ्‍चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न इन्टरनेट सेवा प्रदायक संघलाई निर्देशन दिएको छ। बिहीबार प्राधिकरणले विज्ञप्ति जारी गर्दै सबै इन्टरनेट सेवा प्रदायकहरूलाई २६ वटा समाजिक सञ्जाललाई बन्द गर्न निर्देशन दिएको हो ।

सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रीपरिषदको भदौ ५ गतेको  निर्णय,आज (बिहीबार) बसेको सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको बसेको मन्त्रीस्तरीय निर्णय र सामाजिक सञ्जालको प्रयोगलाई व्‍यवस्थित गर्ने निर्देशिक, २०८० बमोजिम प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरूलाई २६ वटा समाजिक सञ्जाललाई बन्द गर्न निर्देशन दिएको हो ।

प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ सञ्‍चार तथा सुचना प्रविधि मन्त्रालयको मिति २०८२/०५/१९ को मन्त्रीस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्‍यवस्थित गर्ने निर्देशिक, २०८० बमोजिम नेपालमा सूचीकरण नभई नेपालभित्र सञ्‍चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा निष्क्रिय गराउने व्‍यवस्थाका लागि निर्णयानुसार जानकारी गराइएको छ ।

प्राधिकरणले सामाजिक सञ्जालहरू फेसबुक, फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स(ट्विटर), लिंक्डइन, स्न्यापच्याट, रेडिट,डिसकोर्ड, पिन्टेरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, क्वोरा,टम्बलर, क्लबहाउस, मास्टोडन, रुम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रोलाई बन्द गर्न आइएसपीहरूलाई निर्देशन दिएको हो ।

 प्राधिकरणको विज्ञप्ति :

प्रकाशित मिति २०८२ भदौ १९ गते बिहीबार ०६:३४
हजुरको प्रतिक्रिया